मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६
- ६ पुष २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ ।
प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं ६ मा रहेकाे महेन्द्र आधारभूत विद्यालयमा आइतबार आयाेजित कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं ६ का अध्यक्ष उदयबहादुर राईले वार्डलाई मकै पकेट क्षेत्रकाे रुपमा घाेषणा गरेका हुन् ।
६ दिने तालिमकाे उद्घाटन तथा मकै पकेट क्षेत्रकाे घाेषणा गर्दै वाडाध्यक्ष उदय बहादुर राईले विभिन्न प्राविधिककाे परामर्सबाटै वाडले याे कार्यक्रम ल्याईएकाे वताए । वडाध्यक्ष राईले कृषिकाे विकास विना राष्ट्र समृद्ध वन्न नसक्ने धारणा समेत अघि सारे ।
साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं ६ का जनप्रतिनिधिहरु, नगरपालिकाका कृषि शाखा प्रमुख विनाेद दाहाल, महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक, टाेलविकास संस्थाका प्रतिनिधिहरु लगायतकाे सहभागिता रहेकाे थियाे । ६ दिनसम्म चल्ने तालिमकाे पाथीभरा सीप विकास तालिम केन्द्र सुन्दरहरैंचाकाे प्राविधिक सहयाेग रहेकाे छ । – केशु बिरही