साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

  • १७ पुष २०७६, बिहीबार

नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा पनि  स्थापना भएको छ ।

साउदी अरवमा गठित  मोरङ सुनसरी सेवा समाजको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् । उपाध्यक्षहरु देश वहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका छन् । सदस्यहरुमा पुरुसोत्तम दाहाल कुमार आचार्य सुरेन्द्र मोक्तान पे्रम सुवेदी नेत्र खतिवडा र राजेन्द्र लिम्वु रहेका छन् । त्यसैगरी प्रारम्भिक भेलाले ५ सल्लाहकारहरु समेत चयन गरेको छ । जसमा कुमार कार्की, विमल गौतम, घनेन्द्र आम्वुहांग नगेश तामांग समिर लिम्वु रहेका छन् ।

जिल्ला प्रशासन कार्यलय मोरङमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय र अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरङ र सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च २ मा कतारमा स्थापना भएको थियो ।

सो संस्थाको सातौं शाखाको रुपमा साउदी शाखा स्थापना भएको जानकारी मोरङ सुनसरी सेवा समाजका केन्द्रिय अध्यक्ष लोक वहादुर तामाङले जानकारी दिए ।

मोसुले सामाजिक क्षेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुँजी, प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ। मेरंग र सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान संचालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास र व्यक्तित्व विकासलाई जोड दिदैं आएको छ । विदेशमा रहेका नेपालीहरुले सिकेको सिप र कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके छ ।

संस्थाका सदस्यहरुको अग्रसरतामा ट्रेड भिजन ईन्भेटमेण्ट प्राली, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारी लगायतका व्यवसायिक प्राईभेट र पव्लिक संस्थाहरु संचालन गरिरहेका छन् ।

यसका अलावा मोरंग सुनसरी सेवा समाजले एम्वुलेन्स संचालन, आँखा उपचार शिविर, शैक्षिक कोष संचालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ।

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट संचालन छ भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ।