माघ १७ देखि सञ्चालन हुनेभो बेलबारी आइडलको दोस्रो संस्करण, सहभागी हुन आब्हान

  • २४ पुष २०७६, बिहीबार

बेलबारी आइडलको दोस्रो संस्करण आउँदो माघदेखि सञ्चालन हुने भएको छ ।

बेलबारी नगर क्षेत्र भित्रका गायन प्रतिभाहरूको कलालाई  उजागर गर्दै उनीहरूको क्षमता बिकास तथा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुने भएको हो ।

‘आऊ गाऊ पहिचान बनाऊ’ भन्ने नारासहित श्रष्टा समाजको आयोजना र बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने आइडलको अडिसन २०७६ माघ १७ गतेदेखि शुरु हुनेछ ।

आयोजकका अनुसार पहिलो चरणको पहिलो अडिसन २०७६ माघ १७ गते शुक्रबार बिहान बेलबारी – ६  प्रगति बोर्डिङ स्कुलमा र त्यसैदिन दिउँसो बेलबारी- ७ बाहुनी बजारमा अबस्थित रणवीर विद्या मन्दिरमा हुनेेेछ । माघ १८ गते शनिबार बिहान बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयमा र  माघ १८ गते शनिबार नै दिउँसो बेलबारी १ सांस्कृतिक भवनमा पनि अडिसन हुुने आयोजक श्रष्टा समाजका सचिव जेवी थुलुङले बताए ।

आइडलमा सहभागी हुन चाहनेहरुले निशुल्क रूपमा फारम भर्न पाउने छन् । आयोजकले बेलबारी आइडल २ मा सहभागिताका लागि आव्हान गरेेेका छन्  ।

आइडलमा सहभागी हुन चाहनेहरुले अडिसन हुने स्कुलहरु तथा  बेलबारी नगरका वडा कार्यालय र टोल विकास संस्थाहरू एवम् आरोहण संगीत विद्यालय  बेलबारी -१, सिनेमा हल लाइनबाट
अडिसन शुरु हुने दिनसम्ममा फारम भर्न पाउने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा बेलबारी नगरका ११ वटै वडाबाट छनौट छनौट हुने दुई दर्जन प्रतिभाहरुलाई थप १ महिनाको बन्द प्रशिक्षण दिइनेछ । त्यस पश्चात उत्कृष्ट १० छनौट गरी उनीहरूबिच प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले जानकारी दिए ।

सुर सप्तक बेलबारी आइडलको उपाधि बिजेताले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र गीत रेकर्डिङको अबसर प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले १४ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा तेस्रो उपबिजेताले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल चरणमा पुगेका र  प्रशिक्षणमा सहभागी सबैलाई प्रशंसापत्र प्रदान गरिने आयोजक स्रस्टा समाजले जनाएको छ  । – अम्बिका भण्डारी