सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन

  • २३ पुष २०७६, बुधबार

राज पोख्रेल, बिराटचोक/  सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका  सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे ।

तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना काम कार्यक्रम हलमा पर्खाइरहे । यसरी पर्खाइयो कि मानौं पत्रकारहरुको लागि  समयको मुल्य नै छैन । ‘पत्रकार सम्मेलन’ मा प्रमुख अतिथि बोलाइएको रहेछ, सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तमाङ । निर्धारित समय भन्दा १ घण्टा ढिलोसम्म कुर्दा पनि अन्त्यमा प्रमुख अतिथी नआउने जानकारी गराउदै आयोजकले कार्यक्रम शुरु गर्‍यो ।

आयोजकले कार्यक्रम शुरु गरे पनि आयोजकले पत्रकार भन्दा राजनीतिक पार्टीको व्यक्तिहरुलाई प्राथमिकता दिइयो । त्यसैले  पत्रकार सम्मेलन होइन, राजनीतिक छलफल पो हो कि भन्ने महशुस गरिरहेका थिए उपस्थित सञ्चारकर्मीहरुले ।

आयोजकले पत्रकार सम्मेलन भने पनि उक्त पत्रकार सम्मेलनमा नेकपाका शिर्ष व्यक्तिहरुको बाक्लो उपस्थिती थियो । पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको बारे जानकारी गराउने र पत्रकारले कार्यक्रम बारे प्रश्न गर्ने हो तर आजको उक्त ‘पत्रकार सम्मेलन’मा राजनीतिक व्यक्तिलाई मात्र बोल्न दिएर सञ्चारकर्मीहरुलाई बोल्नै निशेध गरिएको थियो ।

जस्तो ठाँउ, त्यस्तै नाम अर्थात  ‘सुन्दरहरैंचा’ बोलको गितलाई छायाङकन गर्ने भन्दै आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेको थियो । तर कार्यक्रममा आयोजकले गीतको छांयांकनबारे केही बोलेनन् । तर  नेकपाका नेताहरुको प्रशंसा गर्दै पत्रकार सम्मेलनको धज्जी उडाए । आयोजकले कार्यक्रम किन र केका लागि गरिएको हो भन्ने बारे ज्ञान नराख्दा उपस्थित नेकपाका केही नेताहरु र उपस्थितले लज्जाबोध महसुस गरे ।

अर्को कुरा, हरेक संस्थाको समिति हुन्छ समितिका पदाधिकारी वा संस्थाका सदस्यहरुलाई खबर गरेर कार्यक्रम आयोजना गरिन्छ । तर संस्था एक व्यक्तिको मात्र भएर हो वा अध्यक्ष स्वयंलाई थाहा नभएर हो  , कार्यक्रमको सभापतित्व पनि अध्यक्षले नै गरेका थिए र कार्यक्रमका उद्घोषक पनि अध्यक्ष स्वयम् थिए ।

‘पत्रकार सम्मेलन’ मा आयोजकको नाम, कार्यक्रम वा परियोजना लागत वा आम्दानी खर्च  केहि पनि खुलाइएन ।  नेकपा निकट नेताहरु मात्र उपस्थित भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष, कार्यक्रमका सभापति र सञ्चालक आनन्द बस्नेतले सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले असहयोग गरेको भन्दै गुनासो गरे । उनले आफुले यस गीतलाई नगर गीत बनाउन लागि परेको तर नगरप्रमुख ढकालले असहयोग गरेको भन्दै ढकालको आलोचना गरे ।

तर नगरप्रमुख ढकालले बस्नेत कार्यपालिका सदस्य तारा घिमिरेसंँग सहयोग माग्दै आएको तर आफुले छुट्टै समिती निर्माण गरी बोलपत्र आह्वान गरेपछि उक्त समितिको सिफारिस अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गरेर मात्र नगरको लागि उपयुक्त गीत छनौट गरिने जवाफ दिएको बताए । उनले प्रकृयागत ढंगबाट नगरपालिकामा प्रस्तुत गरे छनौट प्रकृयाबाट नगरको गीत छनौट हुनसक्ने बताए ।

गीतका रचनाकार निरज दाहालले पनि आयोजकको गल्ती देखाए । उनले आयोजकले यो गीतलाई राजनीतिकरण गरेको बताउंँदै पत्रकारहरुसंँग क्षमा मागे । बस्नेतलाई आफुले सबै व्यक्तिलाई बोलाउन आग्रह गरे पनि आफुलाई थाहा नदीई राजनीतिक व्यक्तिलाई मात्र बोलाएर गीतकै अपमान गरेको उनले बताए । उनले यो गीतलाई नगर गीत बनाउन भन्दा पनि सुन्दरहरैचामा भएका विभिन्न धार्मिक तथा पर्यटकीय, स्थल, जातजातिका भेषभुषा र रहनहनलाई झल्काउने बनाउनु पर्नेमा आफुले जोड दिएको बताए ।