कतारको एकै कम्पनीमा कार्यरत आठ नेपाली, जसले पाए जनही १ लाख १५ हजार रुपैयाँको इनाम

  • २ माघ २०७६, बिहीबार

शिवराज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्द्रहहजार रियालको दरले इनाम दिएका छन् ।

उनीहरूले जनही १५ हजार रियल अर्थात १ लाख १५ हजारका दरले इनाम पाएका हुन् । इनाम पाउने नेपालीहरुमा इलामका पोष्टबहादुर गुरुङ, हरी माधव प्रसाद मण्डल, कृष्णराज शर्मा, पाल्पाका बलबहादुर चाहारे, रामु सादा, अर्घाखाँचीका हरीबहादुर घर्ती मगर, रुपन्देहीका धनबहादुर गुरुङ र अर्घाखाँचीका गुणखर नेपाली हुन् ।
सन २००८ मा कार्पेन्टरमा आएका इलामका पोष्टबहादुर गुरुङ स्काफोल्डीङ तालिम लिइसकेपछि अहिले सोही कम्पनीमा दक्ष स्काफोल्डर भइसकेका छन् । आफुले मेहनतको साथ आर्जन गरेको रकमले उनले शहरमा घरबार समेत जोडीसकेका छन् ।
अर्का २००८ मा मेसनमा आएका सप्तरीका हरी माधवप्रसाद मण्डल सोही कम्पनीमा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्ने भइसकेका छन् ।
कृष्णराज शर्मा २००९ मा सोही कम्पनीमा आएका थिए । मेसनमा आएका शर्मा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्छन् । उनले पनि सोही कम्पनीमा काम गरेर नै आफनो परिवारको लागि राम्रो आर्थिक स्रोत जोहो गरिसकेका छन् ।
हेल्परमा आएका पाल्पाका बलबहादुर चाहारे अहिले सिभिल फोरमेनमा पदोन्नती भइसकेका छन् ।

रामु सादा २००८ मा सो कम्पनीमा आएका थिए उनले घरजग्गा जोड्नको साथै आफनो आर्थिक स्रोतमा सुधार गर्न सकेकाछन् भने अब आफुले पाएको सो इनाम रकमले जग्गा जोडने बताए ।

सन २००८ मै आएका अर्घाखाँचीका हरीबहादुर घर्ती मगर पनि अहिले पदोन्नती भएर सोही कम्पनीमा सिभिल फोरमेन भइसकेका छन् ।
सन २००९ मा आएका रुपन्देहीका धनबहादुर गुरुङ अहिले सोही कम्पनीमा दक्ष कामदार भइसकेका छन् उनी ट्रेडको जस्तोसुकै काम पनि गर्न खप्पीस भइसकेका छन् ।
अर्घाखाँचीबाट २००८ मा आएका गुणखर नेपालीले पनि सोही कम्पनीमा काम गरेर आर्थिक सुधार राम्ररी गर्न सकेका छन् भने उनी राम्रो काम गरेवापत् अहिले सोही कम्पनीमा सिभिल फोरमेन समेत भइसकेका छन् ।

कम्पनीले दिने तलव पनि आकर्षक नै भएको बताउने जनही १५ हजार इनामका भागीदारहरु भन्छन् “मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् । यस्तो राम्रो कम्पनीमा काम गर्न पाउनु आफुहरुको अहोभाग्य हो ।”

आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत् व्यवहार गर्ने गरेको नेपाली कामदारहरु बताउँछन्  ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमा आफु समाधान गर्न सघाउने गरेको बताए ।

यसैगरी १० जना अन्य इमान्दार कामदारहरु मोहम्मद कविरुल इस्लाम, गुमाना राम विरमा राम, सोरीफुल मोहम्मद पन्जाव, मोहम्मद फिरोज फकिर, मोहम्मद जोनांगीर, मोहम्मद सामिनुल इस्लाम, सासुल रोवियुल, नासिर उद्दीन, मोहम्मद मोलाक मिया र किरण मियालाई कम्पनी मालिक नासर अल अलीले जनही १ हजार रियल इनाम प्रदान गरेका छन्  ।
कम्पनी मालिकले भने ५ जना कामदारहरुलाई पनि इमान्दारीपुर्वक काम गरेवापत् ५/५ ग्रामको सुनको सिक्का पुरस्कारस्वरुप प्रदान गरेका थिए ।
समयसमयमा आफनो कम्पनीमा कार्यरत् कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका छन् ।

र यो पनि ….

कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्

कतारका दानी कम्पनी मालिक, जसले मोरङका गोर्खबहादुरलाई दिए साढे ४ लाख इनाम