कतारमा भब्य रूपमा गरियो १०० औं साहित्यिक कार्यक्रम

  • ५ माघ २०७६, आईतवार

तिलु शर्मा पौडेल, दोहा (कतार) / विगत ९९ महिना देखि निरन्तर नेपाली भाषाको साहित्य र कलालाई अगाडी बढाइरहेको नेपाली साहित्यिक सर्जकको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले वाचन शृङ्खलाको १०० औँ (स्वर्ण ) डबली भव्य रूपमा सम्पन्न गरेका छन्  ।

समयमै सुरु र समयमै समापन गर्ने मुख्य विशेषता बोकेको यो वाचन श्रृङ्गखला कार्यक्रमको स्वर्ण डबली गत शुक्रवार नज्माको सालिमार रेस्टुरेन्टमा अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली ज्यु को प्रमुख अतिथ्यता तथा अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

९९ औ डबली सम्म आइपुग्दा सम्मका विशिष्ट श्रोताहरू मध्यबाट दोहामा रहनु भएका विशिष्ट श्रोताहरूलाई प्रशस्ती पत्र र खादाले सम्मान गरिएको थियो । साहित्यकार स्व. शिखर बैद्दयको स्मृतिमा “अनेसास शिखर पुरस्कार” घोषणाको घोषणापत्र अनेसास पूर्व अध्यक्ष तीर्थ सङ्गम राई ले प्रस्तुत गरेका थिए । हालै जापान मा भएको तेस्रो सम्मेलनमा अनेसास कतार च्याप्टरले प्राप्त गरेको तेस्रो उत्कट च्याप्टर अवार्ड बापतको १५० डलर सो कोस को सुरुवातको लागी घोषणा गरिएको छ छ भने अनेसास पूर्व अध्यक्ष प्रेम प्रसाद भट्टराई ले १५ हजार रुपैयाँ दिने बचनबद्दता व्यक्त गरेका छन् । घोषणा कार्यक्रममा स्व. शिखर बैद्दयको श्रीमती सबिता बैद्दय र छोरा सगुन र बुहारी शेहरोजको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रम मा नेपाली साहित्यिक पुस्तकहरू साटासाट मेला पनि सम्पन्न भएको थियो मेला निकै प्रभावकारी भएको नवोदित मोबाइल पुस्तकालय संयोजक रूप रसाइलीले जानकारी दिएका छन् ।
कार्यक्रममा सम्मानित भएका विशिष्ट श्रोताहरूले शुभकामना सहित शुभेच्छा प्रकट गरेका थिए भने दोहामा रहेर साहित्यिक रचना सृजना गर्ने दर्जनौँ सर्जकहरूले विभिन्न साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेकालीले जापानमा सम्पन्न अनेसासको तेस्रो सम्मेलनमा ” तेस्रो उत्कृष्ट अनेसास पुरस्कार” प्राप्त गर्न सफल कतार च्यापटरलाइ बधाई दिँदै अर्को पटक पहिलो स्थान प्राप्त होस् भन्दै शुभकामना दिएका थिए । मन्तव्यको क्रममा लेकालीले संस्था स्थापनाका उद्देश्य, हाल भइरहेका काम र नेपाली साहित्यलाई नोबेल पुरस्कार जस्तो अन्तर्राष्ट्रिय स्तरको ठुलो स्थानमा पुराउन समितिले गरिरहेको कार्यका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउनका साथै संस्थागत निमन्त्रणालाई स्वीकार गरेर कतार पुगेका लेकाली सहित सबैलाई धन्यवाद दिँदै सभापति थापाले कार्यक्रमको समापन गरेका थिए । अनेसास कतार च्याप्टरका प्रथम उपाध्यक्ष मणि पौडेलले स्वागत मन्तव्य तथा नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष दिलीप पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।