संयन्त्र सञ्चार सहकारीको नौ बर्ष र बेलबारीमा रेडियो स्थापनाको इतिहास

  • १४ माघ २०७६, मंगलवार

मोरङ बेलबारी १ स्थित संयन्त्र सञ्चार सहकारीको नवौं बार्षिक साधारणसभा तथा त्यही सहकारीद्वारा संचालित रेडियो बेतनाको सातौं बार्षिकोत्सब हालै सम्पन्न भयो । तर रेडियोको संचालन गर्ने संस्था संयन्त्र सञ्चार सहकारी र रेडियो स्थापना कहिले र कसरी भयो भन्ने धेरैलाई थाहा छैन । कतिपयले रेेेडियोको स्टेसन (स्टुडियो) तथा टावर निर्माणको रेडियोको स्थापना हो भन्ने बुझेका छन् । त्यसैले रेडियोको स्टेसन निर्माणको बेला भएको समिति नै संस्थापक हो भन्ने धेरैको बुझाइ छ ।

रेडियो बेतना संयन्त्र सन्चार सहकारीद्वारा संचालित रेडियो हो । कानुनी रुपले सहकारीको संचालक समिति नै रेडियोको संचालक समिति हो । तर रेडियोको स्टेसन खडा गर्नु अघि रेडियो संचालन गर्ने संस्था संयन्त्र सञ्चार सहकारी तीन वटा समिति थिए ।सहकारीको स्थापनाका लागि २०६७ फागुनमा तत्कालीन बेलबारी ४ लालभित्तिस्थित कबिर स्कुलमा प्रारम्भिक पहिलो भेला गरिएको थियो । भेलाले  गोबिन्द घिमिरेको नेतृत्वमा  ९ सदस्यीय तदर्थ समिति बनेको थियो । जसमा गोपाल सुवेदी उपाध्यक्ष, अम्बिका भण्डारी सचिव र केदार अधिकारी कोषाध्यक्ष थिए । समितिमा डोलेशर तिम्सिना, सरिता पोद्दार, भोजराज बस्नेत, नरेन्द्र बस्नेत लगायत थिए । यो समितिले सहकारी स्थापनाका लागि जनही ५ हजारका दरले शेयर रकम उठाएर २८ जना शेयर सदस्य भई डिभिजन सहकारी कार्यालय मोरङमा सहकारी दर्ता गरेको थियो ।

सहकारीको प्रारम्भिक साधारणसभाबाट संचालक समितिमा पुर्व सांसद नरेन्द्र बस्नेत अध्यक्ष भएका थिए । सो साधारणसभाबाट केही सदस्य बाहेक पुरानै पदाधिकारीले निरन्तरता पाएका थिए ।  सहकारीको त्यस कार्यकालमा तत्कालीन सचिव अम्बिका भण्डारीले संस्थाको तर्फबाट रेडियो स्टेसन स्थापनाको लागि सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएका थिए । झण्डै दुई बर्षको मेहनतपछि त्यही कार्यकालमा २०६९ सालमा रेडियो संचालनको इजाजतपत्र (लाइसेन्स) पनि प्राप्त भएको थियो । रेडियोको इजाजतपत्र प्राप्त भएपछि शेयर सदस्य वृद्धि गर्दै नयाँ संचालक समिति गठन गर्नुपर्ने आवश्यकता महसुस भएपछि एक बृहत भेला बोलाइ रेडियो स्टेसन स्थापना तथा रेडियो संचालनका लागि देवराज तामाङको अध्यक्षतामा अर्को समिति गठन भएको थियो । त्यस समितिले रेडियोका लागि आवश्यक जनशक्ति तयार गर्न एक महिने उद्घोषण तालिम आयोजना गरेको थियो ।

त्यसको झण्डै एक बर्षपछि राजकुमार  लिम्बूको अध्यक्षतामा सहकारीको चौथो समिति बन्यो । यस समितिको कार्यकालमा रेडियोको स्टेसन स्थापना गरी प्रसारण शुरु गरिएको थियो ।  सहकारीको पाँचौंं कार्यकालमा पनि लिम्बुले नै सहकारीको नेतृत्व चलाएका थिए । र सहकारीको  छैठौं कार्यकालको नेतृत्व हाल भोजराज बस्नेतले गरिरहेका छन् ।

तर सहकारीको स्थापनाकालको र त्यसपछि रेडियोको इजाजतपत्र लिन सफल भएको समितिको भुमिकालाई अबमुल्यन गर्ने गरिएको छ ।

पहिलेको समितिले लाइसेन्स लिएपनि रेडियो स्टेसन खडा गर्न नसकेर अर्को समितिलाई जिम्मा दिइएको तर्क पनि गर्ने गरिएको छ । स्थापनाकालका केही शेयरसदस्यहरुको लगानी पनि सुरक्षित भएको छैन । त्यसैले संस्था स्थापना गर्नेहरूलाई सम्मान होइन अपमान गरिएको आरोप पछिल्लो सञ्चालक समितिलाई लाग्ने गरेको छ ।

हो, रेडियो स्टेसन खडा गर्नमा पछिल्लो समितिको भुमिका अझ महत्त्वपूर्ण हुनसक्छ, तर संस्था र रेडियोको इतिहास बिर्सेेर दुई तीन कार्यकालपछिको समिति नै  संस्थाको संस्थापक समिति हो भन्ने तर्क चाहिँ हास्यास्पद हुुुन्छ ।