मोरङ केराबारीकी दिपा खड्काले जितिन् मिस मार्टिना २०२० को उपाधि

  • ५ फाल्गुन २०७६, सोमबार

मिस मार्टिना २०२० को उपाधि मोरङ केराबारीकी दिपा खड्काले  जितेकी छिन् ।

माघको पहिलो हप्ताबाट सुरु भई इटहरीमा सुक्रबार सम्पन्न भएको प्रतियोगितामा अन्य प्रतियोगीहरुलाइ उछिन्दै उनले उपाधी जितेकी हुन् । मार्टिन मेकअप स्टुडियोले आयोजना गरेको यस प्रतियोगितामा १३ जना सहभागी थिए ।

दिपाले मिस मार्टिना २०२० को उपाधी जित्दा इटहरीकी अनुसा शर्मा फस्ट रनअप भएकी छिन् । त्यसैगरी मोरङ केराबारीकै अञ्जली बिशकर्मा सेकेन्ड रनअप भएकी छिन् ।

प्रतियोगिताको उपाधि बिजेता दिपाले  ५० हजार नगद सहित सानिमा इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बिमा, जानकी ट्याङ्कीको तर्फबाट ५ सय लिटरको एउटा ट्याङ्की , क्राउन र अन्य थुप्रै आकर्षण उपहारहरु प्राप्त  गरेकी छिन् ।

त्यसै गरि द्रोसो हुनेले २५००० नगद र अन्य उपहार हात पारिन भने तेर्सो हुनेले १५००० नगद र अन्य उपहार हात पारेकी थिन ।बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न उद्देश्यले प्रतियोगिता संचालन गरेको यसै स्टुडियोकि संचालिक उर्बी श्रेष्ठ बताउछिन ।

त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज रहेकी छन् भने अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो,ड्रिम्स फोटोग्राफी एंड भिडियो स्टुडियो रहेको छ ,यस कार्यक्रमलाइ सफल पार्नका लागि सहयोगी सदस्यहरुमा प्रिया कुवर ,कन्चन तिवारी,सर्मिला दाहाल ,सरोज श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो मार्टिना मेकप स्टुडियो एण्ड ट्रेडिङ सेन्टको आयोजनामा इम्पिरिएल ब्यङकुइटमा कार्यक्रम सम्पन्न भएको हो ।