मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन

सरोज बास्तोला

  • ११ फाल्गुन २०७६, आईतवार

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ ।
‘मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना’ भन्ने  नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो।
फागुन ९ गते शुुक्रबारका  दिन दोहास्थित वेस्ट वेस्टन होटलको सभाहलमा भएको सभाबाट गठित समितिमा उपाध्यक्ष भिम विश्वकर्मा र लिलानाथ घिमिरे, सचिव भोला बस्नेत, सह-सचिव, योजना शर्मा थापा र गोपाल बास्तोला, कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल र सह-कोषाध्यक्ष  किरण थापा  र पर्शुराम बन्जारा छन् ।

नवगठित समितिका सदस्यहरुमा भरत श्रेष्ठ, समिन बराल ,प्रेम बहादुर राई ,बिरजंग थापा ,बिरेन कठायत, सुनिता कोइराला आचार्य ,अच्युत भट्टराई ,सबिता दाहाल भट्टराई ,गमला बस्नेत खतिवडा ,हरि बहादुर खड्का ,पर्शुराम पोखरेल ,गणेश अधिकारी ,गोबिन्द बिश्वकर्मा जीवन याख्खा राई छन्  ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कतारका महामहिम राजदुत डा. नारदनाथ भारध्वजले मन्तब्य राख्दै प्रवासमा नेपाली समुदायले बिभिन्न संघसस्थाको माध्यमबाट सामाजिक कार्यहरु गरेको भन्दै खुशी प्रकट गरे ।
भविष्यमा पनि यस्ता खालका कार्यक्रमको अपेक्षा राख्दै मोसुको सामाजिक ऊंचाई कायम गर्न समाज र मातृभुमीप्रति थप योगदान दिन सफल हुने विश्वास गर्दै उनले अव यहाँ सिकेको सिप र आय आर्जन लिएर स्वदेस फर्की आफ्नै गाउंँघरलाई समृद्ध बनाउने समय आएको भन्दै अव देसलाई सेवा गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली नियोगबाटै लक्ष्मण खनाल, प्रबिण भट्टराई, जिना अधिकारी, मोसुका सल्लाहकार, सामाजिक अभियान्ता तथा बुद्दिजिवी एवम् बिभिन्न संघ सस्थाका पदाधिकारी लगायतको बाक्लो उपस्थिति थियो ।
माहोललाई संगीतमय बनाउन अघिल्लो हप्ता नेपालबाट आएकी गायिका सृष्टि हिङमाङले जताहेरे पनि पुर्बी रमाइलो, मोहनी लाग्ला है जस्ता गीतहरुमा सांगीतिक प्रस्तुति दिदै भरपूर्ण मनोरन्जन दिलाएकी थिइन् ।

साधारणसभाकै अबसरमा मोसु कतारले गायिका हिङमाङ र मोसु कतारका पुर्व अध्यक्ष सुबास गौतमलाई सस्थाले सम्मान गरेको छ ।
समाजका निबर्तमान अध्यक्ष तथा चिरञ्जीवी तिमिल्सिनाको अध्यक्षतामा भएको साधारणसभाको सहजी करण दिलिप पराजुलीले र स्वागत मन्तब्य प्रथम उपाध्यक्ष भिम बराइलीले गरेका थिए ।

मोरङ सुनसरी सेवा समाज सउदी अरबको प्रथम साधारण सभा

मोरङ सुनसरी सेवा समाज साउदी अरब को प्रथम साधारण सभा  भब्य रुपमा सम्पन्न भएको छ ।

साउदी अरबका लागि नेपाली राजदुतावासका राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्य र मोरङ सुनसरी सेवा समाज साउदीका अध्यक्ष हेम सुवेदीको सभापतित्व तथा महासचिव सुजन शेर राई को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभाबाट हेम सुवेदीको अध्यक्षतामा १७ सदस्यीय समिती निर्वाचित भएको छ । जस्मा उपाध्यक्षमा देश बहादुर खडका ,मनोज धिमाल,पुरुषोत्तम दाहाल , महासचिव मा सुजन शेर राई ,सह सचीव मा कर्ण ब .बस्नेत ,दीपक थापा ,कोषाध्यक्ष मा राज चेम्जोङ लिम्बू ,सहकोषाध्यक्ष मा सुरेन्द्र मोक्तान , सद्स्यहरु मा क्रमशः कुबेर लिम्ब ,किसन बिस्वकर्मा ,विशाल याख्या ,युवराज गिरि ,पुर्ण तामाङ ,टिकाराम बस्नेत ,देवेन्द्र बिस्वकर्मा ,कुमार आचार्य ,लीला तामाङ छन् ।

स्मरण रहोस् इटहरी सुनसरी मा केन्द्रीय कार्यलय भएको र २००१ मा स्थापना भएको यो सस्था २०१२ मा दर्ता भएको मोसुको सउदी सातौ साखा हो ।

कार्यक्रममा एन आर एन ए मध्यपुर्व उप संयोजक जोन अर्याल,एन आर एन ए कै साउदी अरब का मानार्थ सदस्य रमेश भन्डारी, एन आर एन ए कै आइ सि सि सद्स्य नारायण पासवान, जनसम्पर्क समितिका सभपति दीपक रेग्मी, अन्तर संस्था समन्वय समिती रियाद का अध्यक्ष अमृत पौडेल ,काभ्रे सेवा समाज का महासचिव सुरेश राज त्रिपाठी ,कास्की समाजमा अध्यक्ष अमर सापकोटा लगायत अन्य साउदी रियाद मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि स्थानीय चर्चित कलाकारहरु, संचारकर्मीहरु, साहित्यकारहरु र मोरङ सुनसरीबाट सउदीमा रोजगारी को सिलसिलामा आएका नेपालीहरुको उल्लेखनीय उपस्थित थियो ।

प्रमुख अतिथी, जनसम्पर्क समितिका सभापति दीपक रेग्मी, मोरङ सुनसरी समाज का केन्द्रिय सल्लाहकार कुमार कार्की , अनेसास च्याप्टर साउदी का अध्यक्ष नमराज लामिछाने ,पारिवारिक समाज का महासचिव अरुण बेल्बासे (पंक्तिकार ), एन आर एन ए एन सि सि साउदी का रोशन श्रेष्ठ ,स्याङ्जा सेवा समाज का अध्यक्ष पारस काफ्ले लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।