बेलबारीमा हुनेभो मोरङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  • १४ फाल्गुन २०७६, बुधबार

मोरङको बेलबारीमा यहि फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।

तिन दिन सम्म संचलन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजक्तोमा संयोजन तथा ब्यबस्थापन समिति गठन गरीएको छ ।

११ सदस्य गठन गरीएको छ । लक्ष्मी माविको खेल मैदान तथा १ नम्बर वडामा रहेको वौद्ध गुम्वामामा प्रतियोगिता संचालन गरीने संयोजन तथा ब्यबस्थापन समितिले जनाएको छ ।

१७ स्थानिय तहका १५ सय भन्दा वढि बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । एथलेटिक्स, भलिवल, कब्वडी, सितेरियो कराँते, तेक्वान्दो र उसुका खेलहरु संचालन हुने संयोजन तथा ब्यबस्थापन समितिका संयोजक ज्ञानेन्द्र सुवेदीले बताए ।