कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार
- ८ चैत्र २०७६, शनिबार
विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ ।
बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो ।
आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ । बेलबारी नगरपालिकाको स्वस्थ्य शाखाले तयार गरेको आइसोलेसन वार्डमा हाल १५ वटा बेडहरु राखिएका छन् । आवश्यक परेमा थप ब्यबस्था गरिने स्वास्थ्य शाखाका सन्तोष बिकले बताए । वार्डमा हाल आधा दर्जनभन्दा वढी स्वास्थयकर्मी खटाइएको छ । कोरोनाबारे टोल टोलमा सचेतना सम्बन्धी कार्यक्रम गरीने मेेेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।



