सार्वजनिक भो कवि बादल चाम्लिङकाे कृति ‘वीर्य जमिन’

  • ७ चैत्र २०७६, शुक्रबार

बेलबारी, माेरङ/ स्रष्टा समाज बेलबारीले एक कार्यक्रमविच कवि बादल चाम्लिङकाे कविता कृति “वीर्य जमिन”काे सार्वजनिक गरेकाे छ ।

बेलबारी -३, मा रहेकाे ड्रिमल्याण्ड फन पार्ककाे सभाहलमा शुक्रबार आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमख एवम् स्रष्टा ढाकाकुमारी पराजुली, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, भाषाविद एवम् स्रष्टा आचार्य “अ”ले संयुक्त रुपमा कविता कृतिकाे विमाेचन गरेका थिए ।

विमाेचित कृतिमाथि कार्यक्रमका प्रमुख अतिथि स्रटा एवम् बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, भाषाविद एवम् स्रष्टा आचार्य “अ” र स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले टिप्पणी गरेका थिए ।

लामाे समयदेखि शिक्षण पेषामा आवद्ध कवि बादललकाे यसअघि  “पाठेघर” नामक कविता कृति पनि बजारमा आएकाे थियो  ।