मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

गोपाल काफ्ले

  • ४ बैशाख २०७७, बिहीबार



मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो ।

होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् ।

बुधबारबाट पहिलो चरणको परीक्षण सुरु भएको टेष्टमा नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिएका छन्  ।