इटहरी उपमहानगरको पहलमा काठमाडौंबाट आएर अलपत्र परेका संखुवासभाका १८ जनाको उद्दार
- १२ बैशाख २०७७, शुक्रबार
काठमाडौदेखि आएर इटहरीमा विचल्लीमा परेका संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरले उद्वार गरी भेडेटारसम्म पुरयाएको छ ।
गर्भवति महिला,जेष्ठ नागरिक र वालवच्चा सहितको समूहलाई विहान खानाको ब्यवस्था गरेर गाढी चढाई भेडेटार सम्म पूरयाइएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले वताइन् ।
भेडेटारबाट धनकुटाको उत्तरी सिमासम्म पुरयाउन धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव विमलीसँग अनुरोध गरिएको उनले जानकारी दिइन् ।