यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी गाउँपालिका-१,पाटी मोरङका लीलाबहादुर मगर। लीला मगर विगत १० वर्षदेखि यहीँ माटोमा कृषि पेसाको सपना हुर्काउदै छन् ।
 पाटी गाउँमा उनको लीला बहुउद्देश्यीय कृषि फर्म र दुध डेरी रहेको छ। पहिला जति गाई भैसी पाले पनि दूध बिक्री नहुने यस ठाउँका अन्य कृषक पनि उनले दुध चिस्यान केन्द्र निर्माण गरेपछि व्यवसायिक रुपमा गाईपालन गर्न आकर्षित हुन थालेको सरस्वती माविका शिक्षक सुक्र आङ्देम्बे लिम्बूले बताए।
 
सहरको घर जग्गा बेचेर गाउँको माटोमा रमाउन फर्केका उनका गोठमा बीस वटा जर्सी/होलस्टेन गाई छन।उनले आफ्नो कृषि फर्ममा किबि, स्याउ सुन्तला ,एभोकार्ड र सिजन अनुसारका तरकारी पनि प्रसस्तै लगाएका छन् ।
 
गाउँ पसेपछि किराना पसल राखेर उभिएका उनी थोरै लगानीमा कृषि पेसा तिर आबद्ध भए।बिस्तारै जर्सी गाई थप्दै अहिले ३०/४० लाखको लगानी गरेको र आम्दानी पनि संतोषजनक हुन थालेको बताउँछन। दुधबाट निर्मित छुर्पी ,पनिर र ललीपपले बिस्तारै बजार पाउदै गरेको उनी बताउँछन् ।
 
विश्वभर फैलिएको महामारीले उनको यो उत्पादित चीजहरु भनेअनुसार खपत हुन नसकेकोले अलि चिन्तित देखिएका उनी एकदिन लक्ष्यमा पुग्ने कुरामा आशावादी छन् ।उनले गाई पालनलाई अघि बढाए सँगै गाउँमा घाँस बिक्न थालेको छ।एक भारीको दुई दिएर घाँस किन्न थालेको मगरले बताए ।उनले स्थानीय २ जनालाई रोजगार दिएका छन् ।
 
विगत वर्षमा वडा कार्यालयबाट कृषकहरुलाई प्रोत्साहन गर्न दुध चिस्यान केन्द्र तथा गोठ सुधारको लागि बजेट बिनियोजन भएपछि कृषकहरुमा थप उत्साह देखिएको मगर बताउछन् । आफ्नो व्यक्तिगज जीवन मात्रै सुधार भएर पुग्दैन पुरै समाजको जीवन शैली सुधार भएमात्र भावी पुस्ताले सुख पाउँछ भने उनको मुल सिद्धान्त र कृषि प्रतिको मायाले गर्दा लीला मगर एक उदाहरणीय कृषकका रुपमा परिचित भएका छन् ।