पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन

  • ३ श्रावण २०७७, शनिबार

कतार /नेपाल पत्रकार महासंघ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ ।

कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेललाइ चयन गरिएको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए ।

बैठकले पत्रकार महासंघ शाख कतार स्थापनार्थ योगदान पु¥याएका नेपाल पत्रकार महासंघ कतार शाखाका संस्थापक सदस्य तथा पूर्व सह सचिव  सरोज बास्तोलालाई सल्लाहकारमा मनोनित गरेको छ ।

बास्तोला सहित अन्य मनोनयन परेका सबै व्यक्तिहरु  विभिन्न सामाजिक संघसंस्था सहित पत्रकारितामा क्रियाशिल छन् । सल्लाहकार बास्तोला मोरङसुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् पूर्व संरक्षकसमेत हुन् ।

पत्रकार महासंघ कतारले जुलाई १७ तारिखदेखि सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यहरुको आवेदन १५ दिनको लागि खुलाएको छ । उपाध्यक्ष नबराज बिकका अनुसार शुक्रबारकै बैठकले सो निर्णय गरेको हो ।