सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत

अभियानमा एक हप्तामै ५० हजार मानिसहरुको आवद्धता

  • ५ भाद्र २०७७, शुक्रबार

रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ ।                              लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो समूहले सामाजिक सन्जालमा शुरु गरेको रक्तदान जीवनदान अभियानले एक सातामै झन्डै ५० हजारले साथ दिएका छन् ।

देवराज
अभियन्ता देवराजका अनुसार यो कुनै संघ संगठन वा क्लव होईन, बिशुद्ध सामाजिक अभियान हो । रगतको अभावमा समस्या झेली रहेकाहरुलाई रगत उपलब्ध गराउन सामाजिक सन्जालबाट अभियान चलाएको हो ।
नेपाल र बिदेेशमा रहेेेका युुुवाहरुको सहकार्यमा सञ्चालित यो अभियानमा एक हप्तामै २२ जना एडमिन सहित झण्डै ५० हजार सदस्य आवद्ध भएका छन् ।

किरण
अहिले यो अभियानमा २२ जना एडमिन सहित झण्डै ५० हजारभन्दा बढी सदस्य आवद्ध भएको किरण ढकालले बताए  ।                                                                यो अभियान एक्लैले सम्भब नहुने भएकोले साथीहरुसँगको सहकार्य र सल्लाह अनुसार अहिले देश भित्र मात्र हैन, बिदेशमा रहेका डाक्टर, सामाजिक अभियान्ता , समाजसेवी पत्रकार लगायत सबै मिलेर अभियानमा लगेको इजरायलमा कार्यरत सलोम नेपाल मुभमेन्ट सोसाइटीकी आजीवन सदस्य तथा ग्रुप एड्मिन बिन्दु घिमिरेले बताइन् । उनले बिरामीहरु रगत नपाएर तड्पिनु पर्ने अबस्थामा सन्जालबाटै सहजीकरण गर्ने उदेश्य रहेको र यो माध्यम सजिलो भएकोले केही दिन भित्र नै यति धेरै सदस्यहरु ग्रुपमा जोडिएको उनले बताइन् ।

बिन्दु
रगतको अभावमा रहेकालाई संजालबाटै भए पनि सहयोग पुर्याउन पाउँदा खुुशी लागेको जापानमा रहेका अर्जुन आचार्यले  बताए ।सामाजिक काम गर्ने उद्देश्यले  सञ्चालन गरिएको  ग्रुप मार्फत मानवीय कार्य गर्न पाउँदा गर्व लागेको नेपाल पत्रकार महासंघ कतार शाखा सल्लाहकार सरोज बास्तोला बताउंँछ्न् ।                                                             अभियानमा उत्साहित हुँदै साथ दिनेको संख्या बढ्नुका साथै पायक पर्ने ठाउँहरुमा बिरामीहरुले सेवा पाउने क्रम बढ्दै छ ।
देवराजका अनुसार यो अभियान कुनै संघ संगठन वा क्लव होईन, बिसुद्ध सामाजिक अभियान हो । रगतको अभावमा समस्या झेली रहेकाहरुलाई रगत उपलब्ध गराउन सामाजिक सन्जालबाट अभियान चलाइएको हो ।

हाल देवराज पोख्रेल लगायत बिन्दु घिमिरे, किरण ढकाल, रचना सापकोटा, आकाश भुसाल, शिव हरि दाहाल,आकाश खनाल, काजोल जैसवाल,बिनिस्ता धामी, चिनी तामाङ, शोभा सापकोटा, इश्वर सुवेदी, आशिष् साउद, अमित आचार्य, कृष्ण पान्डे, ट्वान्टी सिक्स मे, योगेश घिमिरे, सुनिल तिवारी,अर्जुन आचार्य, सरोज बास्तोला, मनिष पोख्रेल लगायत एडमिन तथा मोडेटरहरुले अभियानमा सदस्यहरुका बिच सहजीकरण गर्दै आएका छ्न् ।