नेपाल आइडलको टप ३ मा पुगिन् पथरीकी सज्जा चौलागाईं, उपाधी जिताउन स्थानीयबासीको अभियान

  • ११ भाद्र २०७७, बिहीबार

मोरङ पथरीशनिश्चरे २ की सज्जा चौलागाईं नेपाल आइडल’ को तेस्रो संस्करणको टप ३ मा पुगेपछि उनलाई जिताउन अभियान  थालिएको छ ।

उत्कृष्ट ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी प्रदेश नम्वर १ की एकमात्र प्रतिष्पर्धी सज्जालाई जिताउन पथरीशनिश्चरेबासीले अभियान थालेका हुन् । अभियानका क्रममा  यही शुक्रबार ५ बजेसम्मको एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर अर्काे स्थानमा उकालेर नेपाल आइडल बनाउन आव्हान गरिएको छ । जसका लागि विजेता बन्नेमध्येका एउटा आधार एसएमएस भोटिङका लागि सामेल हुन सवैमा अनुरोध गरिएको छ ।
कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक शुक्रवार राती प्रशारण हुने यो कार्यक्रममा २३ वर्षीया सज्जालाई जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् । आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाइएको देखिन्छ ।
उनलाई भोट गर्न नेपालबाट NI11 टाइप गरी 37000 मा पठाउन सकिने छ । अथवा 16667709 मा डायल गरी आफ्नो मत दिन सकिने छ । भारतमा भोडाफोन प्रयोगकर्ताले 53010, कतारमा ओरेडो प्रयोगकर्ताले 92300, मलेशियामा अलटेटेकोस प्रयोगकर्ताले  33310 मा एसएमएस गरी भोट गर्न सक्ने व्यवस्था गरिएको छ । अनलाइन भोटिङ गर्न रेस्पेक्ट एण्ड राइजको एप्लिकेसन डाउनलोड गरेर र इसेवाबाट पनि सुविधा  छ ।