मोरङकी सज्जा चौलागाईंले जितिन् तेस्रो नेपाल आईडलको उपाधि

  • १३ भाद्र २०७७, शनिबार

एपीवान टेलिभिजनबाट प्रसारित गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को उपाधि पथरी मोरङकी सज्जा चौलागाईले जितेकी छिन् ।
प्रतिस्पर्धाको उत्कृष्ट ३ मा परेका प्रवीण बेडुवाल र किरणकुमार भुजेल लाई  पछि पार्दै सज्जाले आइडल उपाधि जितेकी हुन् ।
विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ जितेकी  छिन् ।   त्यसैगरी फस्ट रनरअप प्रवीण बेडुवालले १0 लाख र सेकेन्ड रनरअप किरणकुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन्  ।
एपी वान टेलिभिजन संचालन गर्नेे संंस्था अन्नपुर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले  बिजेता र उपबिजेता घोषणा गरेका थिए । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाले आइडलको घोषणा गरेका हुन् ।                                                                           पहिलो नेपाल आइडलको उपाधि पनि मोरङकै निशान भट्टराइले जितेका थिए ।