मदन भण्डारीलाई अक्षर चिनाउने एक सय २ बर्षीय एक वृद्धले सात दिनमै लेखे खण्डकाब्य

  • २९ भाद्र २०७७, सोमबार

मोरङ सुन्दरहरैँचाका एक सय २ बर्षीय एक वृद्धले सात दिनमै खण्डकाब्य लेखेका छन्  ।                                            मोरंगको सुन्दरहरैचा ४ निवासी धरणी प्रसाद न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १ सय २ बर्षीय न्यौपानेले उहाँकै निवासमा लोकापर्ण गरेका छन् ।                                                   शास्त्रीय छन्दका १ सय ५५ श्लोक रहेको काब्य अपांगता भएकी ३७ बर्षीय एक युवतीका वारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने, कान सुन्ने, कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ ।                                                ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ । सपनामा आफना वारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले वताए ।                                            लोकापर्ण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुरयाउनुभएको योगदानको चर्चा गरे । साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको वताए  । समाजशेवी प्रेम प्रकाश सिटौलाले उमेरले १ सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको वताए ।                            धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहिनको आवाज वुलन्द भएको वताए ।                               कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गरे । उनले तेहथुम चुहानडाँडावाट ताप्लेजुङ्ग ढुगेसाँघु वसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनुहुने गुरुलाई राष्ट्रले नै सम्मान गर्नुपर्नेमा जोड दिए ।                                                                 एक सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार धरणी प्रसाद अहिलेसम्म चश्मा नलगाइ लेखपढ गर्न   सक्छन् । केहि न केहि गरेर वस्ने धरणीधर न्यौपानेका आधा दर्जन कृति प्रकाशित छन । न्यौपाने वंशावली, ग्राहस्थ्य शिक्षा, कोशी सामाजिक खण्डकाब्य, गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।