सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’

  • १२ कार्तिक २०७७, बुधबार

साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’ सार्बजनिक भएको छ ।
मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् ।
पुस्तकमा थुलुङले विभिन्न समयमा रचना गरेका गजलहरुलाई संग्रहित गरिएको  छ ।  नयाँ गजल तथा पत्रपत्रिकामा प्रकाशित तथा केही गजलहरु समेत गरी पुस्तकमा ६५ वटा गजल समावेश गरिएको छ ।                                           गजल तथा गीत रचना र संगितमा दख्खल राख्ने   थुलुुुङ शिक्षण पेशामा आबद्ध छन्  । उनले रचना गरेको गजल गीत ‘तिमी गयौ र यो दिल खाली भो’  गत बर्ष सार्वजनिक भएको थियो ।
गजल संग्रह भित्र विषयगत विविधता सहितका गजल रहेका र ति गजलमा देशको चिन्ता, कलाप्रतिको समर्पणदेखि व्यंग्य चेतनाको मिश्रण रहेको दिपक न्यौपानेले बताए । गजल लेखनको शास्त्रिय धार र शैलीभन्दा केही अलग रहँदै गजलकार थुलुङले गाउँबेसीको लोकधार र सांगितिक धारबाट प्रभावित भएर थुलुुुङले गजल रचना गरेको उनले बताए  ।