गैरआवसीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

  • २८ मंसिर २०७७, आईतवार

गैरआवसीय नेपाली संघ कतारको  दोस्रो परिषद भेला सम्पन्न भएको छ ।
कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजको आतिथ्यतामा दोस्रो परिषद भेला भएको हो ।

गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरे । कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली राजदुतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भुमिका उत्कृष्ट रहेको उनले बताए ।
भेलामा गैरआवसीय नेपाली संघका सचिव आरके शर्मा, मध्यपूर्व संयोजक प्रविण गुरुङ लगायतले पनि बोलेेेका थिए ।              भेलाले महासचिव पदम गिरीद्वाारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको छ ।
भेला गैरआवसीय नेपाली संघ कतारका अध्यक्ष मोहम्द मुक्तदा मुसलमानको अध्यक्षता तथा महासचिव पदम गिरीको सञ्चालनमा  भएको थियो ।

दोस्रो परिषद भेलालाई शुक्रबार सम्बोधन गर्दै कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीको लागि बैदेशिक रोजगारिमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताए । विदेशमा नेपालीले सिकेको शिप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने उनले बताए ।

कोरोना भाइरसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि एनआरएनए कतारले नेपाली समुदायलाई सचेतना फैलाउने, विरामीलाई हौषला र उत्साह प्रदान गर्ने, राहत तथा उद्दार जस्ता कार्यमा दूतावाससँग मिलेर गरेको कार्यको उच्च मुल्याङकन हुने उनले बताए ।