नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु

  • ११ पुष २०७७, शनिबार

अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् ।

नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले  नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण गरिदिएकोले आफुहरु आत्मनिर्भर हुन थालेको र अब आफैं उद्दमी बन्न सक्ने उनले बताए ।

समूहका सदस्यहरुलाइ अफ्ठेरो परेको बेला नगरपालिका सहारा बनेको उनले  बताए ।

मौरीपालनबाट मनग्गे आम्दानी लिईरहेका अपांगता भएका व्यक्तिहरुको समूहले मह निकाल्दै गरेको दृश्य अवलोकन गर्न नगर उपप्रमुख ढाकाकुमारी पराजुलीलाई  निम्ता गरेका थिए।

अबलोकन गर्न पुगेकी उप-प्रमुुख  पराजुलीले नगरपालिकाको सहयोगलाई महत्त्वपूर्ण मानेर प्रत्यक्ष प्रतिफल देखिनेगरी काम गरेको र उदाहरणयोग्य काम गरेकोमा समूहलाई धन्यवाद दिँदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

उनले स्थानीय सरकार र जनप्रतिनिधि सधैँ नागरिकको संरक्षण र सहयोग समन्वयको भूमिकाबाट नचुक्ने बताइन् । आफुुुहरुको यात्रा र आम क्रियाकलाप नागरिकको हितमा हुने उनले बताइन् ।