लालिगुराँस साकोसको २६ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन

  • १३ पुष २०७७, सोमबार

मोरङ बेलबारीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समिति चयन गरेको छ ।

साधारणसभाले दुर्गा प्रसाद गौतमकै अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सन्चालक समिति चयन गरेको हो ।

साधारणसभाबाट गठित समितिमा हरिमाया खतिवडा उपाध्यक्ष , नारायण प्रसाद आचार्य सचिव, सागर सुवेदी सह–सचिव र राजेन्द्र थापा कोषाध्यक्ष छन् । उनीहरू यस अघिको सञ्चालक समितिमा पनि थिए । संचालक समिति सदस्यहरुमा राजेशजंग कार्की, फडिन्द्र बहादुर थापा, खगेस्वरी दाहाल, खगेन्द्र प्रसाद ओझा, शान्ति लिम्बु, नितु थापा चयन भएका छन् ।

साधारणसभाले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसमा संयोजक राजु बस्नेत तथा सदस्यहरु विश्वनाथ निरौला र तुलसा राई चयन भएका छन् ।
बेलबारी १ स्थित साँस्कृतिक भवन, भगवति मा.वि. र संस्थाको सभाहलमा शनिबार साधारणसभा सम्पन्न भएको थियो ।

आइतबार संस्थाको सभाहलमा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सोमनाथ निरौलाको लगायतको समेत उपस्थितिमा सन्चालक समिति तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ ।

आइतबार नै संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान समेत गरेको छ ।

मोरङ जिल्लामै उत्कृष्ट मध्ये एक मानिने यस सहकारीमा २ हजार ९ सय ३० जना सेयर सदस्यहरु छन् ।