कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री

उत्तम पोख्रेल

  • २५ माघ २०७७, आईतवार

मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ ।

एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि  कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् ।

परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने उदेश्यले कृषकहरुलाई सहयोग गरेको मेयर सुवेदीले बताए ।

एक वडा एक उत्पादनको निति लिएको नगरपालिकाले १० थान पावर टिलर, २० थान मकै छोडाउने (मकै) थ्रेसर, ६० थानगोला सहितको माहुरी घार तथा ६ थान मिनिटिलर बितरण गरीएको कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए । कृषि यन्त्रिकरणहरु ब्याबशायिक कृषक समुह तथा फर्महरुलाई प्राथम्किता आधारमा बितरण गरीएको उनले  बताए ।

कृषि यन्त्रहरु नहुदाँ खेति गर्न असहज भएको बताउँदै प्रगतिशिल महिला कृषक समुहकी अध्यक्ष सजय कुमारी राईले भनिन् ‘अब समय तथा खर्चको पनि  बचत हुनेभो, आम्दानी गर्न नि  सहज हुनेभो ।

प्रत्येक बर्ष कृषक, कृषक समुह तथा ब्याबसायिक कृषि फर्महरुलाई यन्त्र तथा बिउ बिजनहरु दिएर सहयोग गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए ।

इलेक्ट्रीक स्प्रे मेसिन बितरण

त्यसैगरी नगरपालिकाको वडा नम्बर ३ ले केही समयअघि टोलविकास संस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ ।

किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले संस्थालाई स्प्रे मेसिन बितरण गरीएको वडा कार्यालयले जनाएको छ । ब्यक्तिले लगेपछि हराउने र बिग्रने डर भएकोले संस्थाहरु मार्फत बितरण गरिएको बताइएको छ ।

तरकारी,फलफुल तथा मसला वालिको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडाले किसानहरुलाई कागति, सजिवन, च्याउ खुर्सानी तथा प्याजका बिरुवा समेत बितरण गरीसकेको वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए । यस्तै वडाले ब्यबशायिक अगुवा किसान कृष्ण राईलाई पनि टनेल तथा स्प्रे मेसिन बितरण गरेको छ ।