‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी

  • ३ फाल्गुन २०७७, सोमबार

बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् ।

लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका हुन् ।

अाफ्नाे नयाँ प्रकाशित कृतिबारे जानकारी दिने उद्देश्यले शनिबार बेलबारीमा अायाेजित कार्यक्रममा लेखक राईले अाफूले लेखेकाे “लिम्पियाधुरा” कृति विश्वकै सानाे कृति भएकाे, त्यसका लागि गिनिज वर्ल्ड रेकर्डमा दावी प्रस्तुत गर्ने तयारीमा रहेकाे बताएका हुन् ।

‘लिम्पियाधुरा’ र ‘पुरानो काग’ नामका दुईवटा हाइकु सङ्ग्रहहरू गत माघ २७ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिकीकरण गरिएका थिए ।

लिम्पियाधुरा हाइकु संग्रह पुस्तकको लम्बाई १.५ सेन्टीमिटर र चौडाई ०.७५ सेन्टीमिटर मात्रै रहेको छ । यसमा ६६ वटा हाइकु संग्रहित छन् ।

आफ्ना यी दुई कृति मध्ये लिम्पियाधुरा विश्वकै सानो पुस्तकाकार साहित्यिक कृति हुनसक्ने राईको दावी छ । उक्त दावी अाफूले सार्जनीकीकरण कार्यक्रममासमेत राखेकाे राईले बताए ।

उनले आवश्यक प्रकृया पुरा गरेर गिनिज वर्ल्ड रेकर्डमा यसबारे दावी प्रस्तुत गर्ने तयारीमा रहेको  जानकारी दिए ।

साहित्यका अतिरिक्त राजनीतिमा पनि  सक्रिय राईले नेपाली भाषा प्रतिको बढ्दो उदासिनतालाई चिर्दै यी पुस्तककै माध्यमबाट नेपाली भाषाप्रति विश्वको ध्यान आकृष्ट गर्न र भाषिक प्रवर्धनकाे प्रयास गरेको बताए ।