सधैंभरी काम गर्दा नि खानै नपुग्ने किसानको पिडा लिएर आए सुबिन

  • ११ चैत्र २०७७, बुधबार



गाउँले जीवनको परिबेश र एउटा किसानको दैनिकीलाई समेटिएको
“चैतै मास” बोलको गीत सार्वजनिक भएको छ ।

‍कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको प्रस्तुती “चैतै मास” बजारमा आएको हो । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ ।

यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । बर्षभरी काम गरेर ६ महिना पनि खान नपुग्ने एउटा किसानको दैनिकीलाई समेटिएको यो भिडियोमा सुबिनको मार्मिक अभिनय समेत देख्न सकिन्छ । विगतसँग वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका सेञ्चुरीको प्रस्तुती यथार्थपरक छ ।