एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग

  • २३ चैत्र २०७७, सोमबार

गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ ।

कोभिड-१९ महामारीपछि संघको पहलमा  ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ ।           उद्धार तथा राहत विवरण सार्वजनिक गर्दैले  समसंयामा परेका मध्ये  घरफिर्तीका लागि ३ सय २४ जनाको पीसीआर परीक्षण गराएको छ । त्यसैगरी २ सय १७ जनालाई आंशिक हवाई टिकटको ब्यबस्था गरिएको छ ।

रोजगारी गुमाएका,  स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी र स्वदेश फर्कनैपर्ने आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट समेत प्राप्त सहयोगबाट टिकटको ब्यबस्था गरिएको  संघले जनाएको छ ।  धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमान लगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाइएको संघले जनाएको छ ।

 नेपाल सरकारसँगको सहकार्यमा प्रवासी नेपालीहरुलाइ खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा उपचार  गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघका महासचिव डा. हेमराज शर्माले कोभिड-१९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई ध्यानमा राखी विश्वभर २ सयभन्दा बढी नेपाली चिकित्सक परिचालन गरिएको बताए ।