बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित

  • २१ बैशाख २०७८, मंगलवार

‍कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् ।

कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।

उनका अनुसार शिविरमा खाद्यान्न बाली, तरकारी, फलफुल लगायतमा लाग्ने रोग तथा किराहरुको पहिचान, रोकथाम, नियन्त्रण समन्धि परामर्श गरीएको थियो ।

शिबिर बेलबारीका ५ वटा वडामा संचालन गरिएको थियो । १ ,२, ३, ४ र ५ नम्बर वडामा शिबिर संचालन गरीएको थियो ।

बिशेष गरेर मकैवालीमा धेरै समस्या देखिएको किसानहरुले बताएका छन् ।