नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित

  • १५ जेष्ठ २०७८, शनिबार

नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ ।

मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् ।

नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा बितरण गरेको छ ।
नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाई बितरण गरेको हो । बितरण गरीएको बिउले करीब ५ सय बिगाह क्षेत्रफलमा खेति गर्न सकिने कृषि शाखाका प्राविधिकहरु बताउँछन् ।

नगरपालिकाले राधा १२, कान्छी मन्सुलि, बहुगुणि,स्वर्णसव १, रजित लगायतका प्रजातिका धानका विउ बितरण गरेको हो । ३ हजार किलो मुल बिउ बितरण गरीएको नगरपालिकाले जनाएको छ । मुल बिउ उत्पादनपछि पुन बिउको रुपमा प्रयोग गर्न मिल्ने कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।

उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए ।

एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारीबाट बिउ ल्याएर बितरण गरेको हो ।
यसअघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको छ । किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउ वितरण गरेको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरहँदा किसानले भने प्रतिमन १५०० रुपैयाँ पाएका छन् । नगरपालिकाले आफ्नै गाडीमा ६ हजार किलो गहुँ बजारसम्म पुयाइदिएको हो । कृषि जन्य तथा उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण नगरपालिकाले आफै गरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण अन्तराष्ट्रिय बजारमा गर्न थालिएको सुवेदीले बताए ।