जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री

ईश्वर थापा

  • २३ जेष्ठ २०७८, आईतवार

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र ६० केजी नुन विपन्न ५५ घरपरिवारलाई सहयोग गरेको हो।

यस्तै सर्जिकल माक्स २ हजार ५ सय पिस, कोरियन माक्स १ हजार ५ सय पिस, सेनिटाइजर सय लिटर, थर्मलगन ८ थान सहित पिपिइ, फेससिल्ड ग्लोब्स सहयोग गरिएको सहयोगमा समन्वय गरेका पूर्णबहादुर राईले बताए।

उनले सो सामान बाहेक स्थानीय सिंहदेवी मावि र जनकल्याण बोर्डिङलाई १÷१ थान थर्मल गन वितरण गरिएको र विद्यालय सञ्चालनमा आएपछि माक्स तथा सेनिटाइजर वितरण गरिने जानकारी दिए।

स्थानीय साजन राईको संयोजकत्वमा र पूर्णबहादुर राई, रामकुमार राईको समन्वयमा प्रवासबाट रकम संकलन गरेर खरिद गरिएका स्वास्थ्य सामग्री र खाद्यान्न हस्तान्तरण गरिएको हो।

कोरोना संक्रमणको अवस्था दैनिक बढीरहेकाले जापानमा रहेकाहरुले केही सहयोग गरौ भनेर हालसम्म संकलित २ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गर्न अभियान सञ्चालन गरिरहेको साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईले जानकारी दिए।

अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले संकलित रकमबाट पुनः सहयोग गरिने राइले जानकारी दिए।