मोसु ओमनको प्रथम साधारणसभा, पार्वतीको नेतृत्वमा नयाँ समिति चयन

  • २४ जेष्ठ २०७८, सोमबार

मोरङ सुनसरी सेवा समाज ओमनको प्रथम साधारण सभाबाट महिलाको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

शुक्रबार अनलाईन भर्चुअल माध्यमबाट गरिएको  साधारणसभाले पार्वती श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रमुख अतिथि ओमनका लागि नेपालका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकाल रहेकी थिइन । मोरङ सुनसरी सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङ, प्रवास समन्वय समिति संयोजक विनोद भट्टराई, केन्द्रीय सल्लाहकारहरु, विभिन्न देशमा रहेका मोसु प्रवास शाखाका अध्यक्षहरुको आतिथ्यता थियो ।

सन् २०१२ मा स्थापना भएको मोसु प्रवास शाखा ओमन लामो समयदेखि तदर्थ समितिको रूपमा थियो ।

मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना मूल नाराका साथ स्थापित संस्था देश विदेशमा फैलिरहेको छ । संस्थाको ओमन शाखाको  साधारणसभाबाट उपाध्यक्षमा शिव कार्की, सचिव दिपक तिम्सिना, सहसचिवमा ऋषिराम दाहाल, कोषाध्यक्ष तुलसा न्यौपाने र सहकोषाध्यक्षमा अस्मिता रोक्का चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा पदम सिवा, रामचन्द्र मेहता, ज्योति म्याङ्मो लिम्बु, सीमा भुजेल, मिना बर्देवा, शारदा पौडेल, रजनी श्रेष्ठ, मनु चौधरी, अस्मिता रोक्का, दशरथ ढुंगाना, कृष्ण धिमाल, टेकेन्द्र राई रहेका छन ।

सोही साधारणसभाले सल्लाहकार समेत छनौट गरेको छ । सल्लाहकारहरुमा लिलानाथ कोइराला, दिल रोक्का, जीवन कार्की र गिता थापा रहेका छन् ।

प्रवासमा रहेर काम गरिरहेका मोरङ र सुनसरी जिल्लाबासीलाई एउटै थलोमा समेट्ने र दुःख र सुख साटासाट गर्ने थलोको रुपमा मोसु ओमन स्थापना भएको थियो ।

मोसुले मातृभूमिमा आइपरेका समस्याहरुमा समेत उत्तिकै हातेमालो गर्दै साथ र सहयोग गर्दै आएको छ ।

हालसम्म मोसुका अस्ट्रेलिया, कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, माल्टा, ओमान र जापान शाखा स्थापना भइसकेका छन् भने  यूके, यूरोप, दक्षिण कोरिया र अमेरिकामा पनि शाखा खुल्ने तयारी भइरहेको मोरङ सुनसरी सेवा समाज नेपालले जनाएको छ ।