बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण

  • १९ असार २०७८, शनिबार

मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ ।
पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली  पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।

उनका अनुसार धान वालिका लागि ३० विगाहा र तरकारी खेतिका लागि ३० बिगाह जमिन छुट्याइएको छ । बंगुर पकेट क्षेत्रमा १ सय वटा बगुरका माउ समेत बितरण गरीसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाले पकेट क्षेत्रका किसानलाई धान पकेट क्षेत्रमा सिचाइका लागि आवश्यक पर्ने बोरिङ, कुटो कोदालो, विउ, किट्नासक औषधी, स्प्रे मेसिन, मल, धान काट्ने मेसिन, धान सुकाउनका लागि त्रिपाल, बोरा, जोख्नका लागि तराजु लागयतका सामाग्री  बितरण गरेको छ ।

यस्तै तरकारी पकेट क्षेत्रका लागि मोटर तरकारी टिप्नका लागि क्यारेट,मल, विउ, किट्नाशक औषधी, ठेला गाडी लगायतका सामाग्री तरकारी पकेट क्षेत्रका किसानलाई बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

बगुर पकेट क्षेत्रका लागि १ सय वटा बगुरमा माउ बितरण गरीएको छ । ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बगुरको खोर बाट निस्कने फोहोरको ब्यबस्थापन गर्नका लागि पानि तथा पाइपको  समेत ब्यबस्थापन गरीएको नगर प्रमुख सुवेदीले बताए ।

पकेट क्षेत्रलाई जोनका रुपमा विकास गरेर लैजाने नगर प्रमुख सुवेदीको भनाई रहेको छ । नगरपालिकाले एक वडा एक उत्पादनको निति लिएर कृषिलाई पहिलो प्राथमिकता लिएको थियो ।