२९ प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले जितिन् मिस कोशीको ताज

  • २० आश्विन २०७८, बुधबार

मिस कोशीको छैटौं संस्करणको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन्।

इटहरीमा भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन्। उनले उपाधिसँगै स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसमा झापाको चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् । प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङको बेलबारीकी प्रतीक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित भएका छन्।

प्रतियोगितामा मिस ट्यालेन्ट आयुषा आचार्य, मिस डिसिपिलेनमा पूर्णिमा देवी घिमिरे, मिस फोटोजेनिक आकृति गिरी, मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्मायल प्रशिका श्रेष्ठ, मिस कन्फिडेन्ट प्रकृति फुयल, मिस ब्युटिफुल सन्तोषीमाया लिम्बु, मिस फ्रेण्डसिप एन्जिला पन्त, मिस क्याटवक रीजा तामाङ, मिस ब्युटी विद ब्रेन आयुषा आचार्य र मिस पब्लिक च्वाइसको उपाधि पेरिशा बुढाथोकीले हात पारेकी छिन्  ।