विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न

५५ जनाले गरे रगत दान

  • २७ मंसिर २०७८, सोमबार

मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब २०७७/०७८ को कार्य प्रगति प्रतिवेदन तथा आब २०७८/०७९ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष राजेन्द्र थापाले आब ०७८/०७९ को आर्थिक प्रतिवेदन तथा आब ०७८/०७९ को प्रस्तावित बजेट र लेखा सुपरिवेक्षण समिति संयोजक राजु बस्नेतले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोरङकै अग्रणी मध्ये एक मानिने लालिगुराँस साकोसमा २०७८ असारसम्म ३ हजार ९ जना शेयर सदस्य छन् । संस्थाले धेरै बर्ष अघिदेखि एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा ५५ जनाले गरे रगत दान              संस्थाले केही बर्षयता बार्षिक रूपमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाको बार्षिक कार्यक्रम अन्तरगत २७ औं साधारणसभामा पनि रक्तदान आयोजना गरिएको थियो ।

घोपा क्याम्प धरानको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रगत दान गरेको ब्यबस्थापक केशव रुपाखेतीले जानकारी दिए । शेयर सदस्य लगायत जोसुकैलाई रगत आवश्यक परेपनि रगत उपलब्ध होस् भन्ने उद्देश्यले बर्षमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको साकोस संचालक समिति अध्यक्ष दुर्गा गौतमले बताए ।