खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

  • २८ पुष २०७८, बुधबार

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो ।
साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८ का वडाध्यक्ष मनोज खड्का, ३ का वडाध्यक्ष भक्त बहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष उपेन्द्र लुङगेली मगर, लक्षित बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा सार्वजनिक पुस्तकालय केराबारीका अध्यक्ष महाप्रसाद लुइँटेल लगायतको आतिथ्यता थियो ।

साधारणसभामा उत्कृष्ट मासिक बचतकर्ता हिम कुमारी खुलाल र बासुदेव मगर, उत्कृष्ट बाल बचतकर्ता अंशु बास्तोला र रोहित पौडेल, असल मासिक ऋणी बिन्दा कुमारी तामाङ र पुर्णबहादुर लिम्बू लगायतलाई सम्मानित गरिएको थियो ।

साधारणसभामा संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै सचिव चण्डी थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता काप्रीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक रोजन सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केराबारी गाउँपालिकाको सहकारी ऎन अनुसार २०७५ सालमा केराबारी गाउँपालिकामा सबैभन्दा पहिले दर्ता भएको सहकारीमा हालसम्म ३ सय २५ पुरुष र ३ सयभन्दा बढी महिलासहित ६ सय ४० जना शेयर सदस्य छन् । २ करोड २६ लाख ३९ हजार ४ सय रुपैयाँ चुक्ता शेयरपुँजी रहेको
खदम हिल साकोसले आ. ब. २०७७/०७८ मा ४४ लाख ३४ हजार ५ सय ५५ रुपैयाँको कारोबार गरेको थियो ।