कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

  • ४ बैशाख २०७९, आईतवार

कबिता खत्री दोहा ✍️
नेपाल पत्रकार महासङ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको शुभकामना आदानप्रदान तथा कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित शनिबार इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङगम राई, सल्लाहकार क्रान्ति सिह ,राम प्रसाद पराजुली, सिताराम थापा र अनुशासन बिभाग प्रमुख दिपजंग शाहले पत्रकारीता गर्दाका आफ्ना अनुभव संगै कतारमा रहेर पत्रकारीता गर्दा ध्यानदिनुपर्ने कुरा बारे बोलेका थिए ।

कार्यक्रममा महासंघका निवर्तमान कोषाध्यक्ष एवं वेबसाईट डिजाइनको संयोजन गरेका भोला थापा क्षत्रीले कतार शाखाको आफ्नै वेबसाईट तयार भएको भन्दै महासंघका पार्सद सदस्यलाई समाचार तथा लेख रचना लेखनलाई तिब्रता दिन आग्रह गरे ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम वक्स मियाले कतारमा रहेर पत्रकारीता गर्दा अवसर र चुनौती दुबै रहेको भन्दै पत्रकारीताको आचारसंहिता र कतारको कानुनको अधिनमा रहि समाचार लेख्न तथा प्रकाशन र प्रसारण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघ कतार शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत मन्तब्री राखेका थिए भने कार्यक्रम सन्चालन सचिव ढाकाराम पौडेलले गरेका थिए ।