दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग

  • १३ आश्विन २०७९, बिहीबार

दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा  बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ ।

भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु विरहीले निर्णय पुनर्विचार गर्न भन्दै बेलबारी नगरपालिकालाई ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा काेइराला, प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीसमेत सम्हालेका शिक्षा शाखा प्रमुख भूपेन्द्र प्रसाद काेइरालालाई ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।

लामाे समयदेखि साहित्यकारितासँग पत्रकारिता गर्दै आएका विरही पछिल्लाे समय बेलबारीकाे साहित्यिक इतिहासकाे पुस्तक लेख्दै छन् । नगरपालिकामा बुझाइएकाे ध्यानाकर्षण पत्रमा भाषा, साहित्य, कला संस्कृतिको सर्वाङ्गीण विकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता, योग्यता र याेगदानलाई भन्दा पनि राजनीतिलाई मुख्य आधार बनाइनु दुखद रहेकाे भन्दै यसले बेलबारीको भाषा, साहित्य, कला संस्कृतिको जगेर्ना गर्न नसक्ने ठहर गर्दै गठन विधि गलत भएकाेले त्यसलाई सुधार गर्न आग्रह गरिएकाे छ ।

भाषा, संस्कृति, कला, साहित्य र वाङ्मयकाे संरक्षणसम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धान कर्ताहरुको साझा संस्थाको रुपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डामा गठन भएको भन्दै चौतर्फी बिरोध शुरु भएको छ ।
बेलबारी नगरपालिकाले दलीय भागबण्डामा आधारमा प्रतिष्ठान गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका व्यक्तिहरुले नै असन्तुष्टि जनाउदै आएका छन् । नगरपालिकाले ११ सदस्यीय तदर्थ समितिकाे गठन गरेकाे छ ।

प्रतिष्ठानको समितिमा रेखा सुवेदी संयोजक छिन् । सदस्यहरुमा  धनजित पराजुली,, गणेश तामाङ, शेखर थापा,   मगर, । हिमांशु राय, कुलप्रसाद बराल, प्रेम गुरुङ, मनकुमार  गुरुङ र महेन्द्र गिरी छन् । समितिमा साहित्य, कला वा संस्कृतिका क्षेत्रमा परिचित ब्यक्तिहरु पनि नभएका होइनन्, तर कतिपय भने सो सो क्षेत्रमा नामै नसुनिएका ब्यक्तिहरु पनि परेका छन्  ।
बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन प्ल को दफा ११९ (फ) ५ मा भएको व्यबस्थाअनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौ नगरसभाले सो ऐन पारित गरेको थियो ।

ऐनमा नगरपालिका भित्रका सबै भाषा, संस्कृति, कला, साहित्य, बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको बिकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको भेला बोलाई समावेसी सिद्धान्तको आधारमा ११ जना सदस्य रहेकाे तर्दथ समिति गठन गर्ने उल्लेख छ ।

 प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्राबधान सहितको ऐन ल्याइनु अन्यन्त स्वागतयोग्य भएको तर ऐनमा उल्लेख भएअनुसार भन्दा पनि प्रज्ञा प्रतिष्ठानलाई दलीय भागबण्डामा गठन गरिँदा प्रज्ञा प्रतिष्ठान र प्राज्ञ शब्दकाे नै भद्दा मजाक भएकाेले नगरपालिकाले तत्काल यो निर्णय सच्याउन दवाव दिइएकाे बिरहीले बताएका छन् । आफ्नो असन्तुष्टि कुनै ब्यक्ति विरुद्ध नभइ टिके पद्धति विरुद्ध भएको बिरहीले बताए ।