खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

  • १४ आश्विन २०७९, शुक्रबार

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ ।

असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता रहेको साधारणसभामा केराबारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहित बहादुर कार्की, केराबारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली, केराबारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष कमल बहादुर    बस्नेत, केराबारी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष पूर्ण बहादुर मगर लगायतको आतिथ्यता थियो । साधारणसभामा गाउँपालिकाका अध्यक्षसहित तिनैजना वडाध्यक्षहरुलाइ सम्मानित पनि गरिएको थियो ।

साधारणसभाबाट निर्वाचित नयाँ समितिको उपाध्यक्षमा प्रकाश वस्नेत , सचिवमा अम्बिका भण्डारी, सह-सचिवमा ललिता गुप्ता र कोषाध्यक्षमा विमला तामाङ छन् । त्यसैगरी सदस्यहरुमा, सिता मगर,  समिला गौतम, खगेन्द्र सुवेदी
प्रेम कु, अनिल बन्नेत र दुर्गा श्रेष्ठ चयन भएका छन् । साधारणसभाले २ सदस्य थप गर्ने जिम्मा संचालक समितिलाइ  दिएको छ ।
साधारणसभाले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । जसमा रोजन सापकोटा संयोजक तथा  मुना घिमिरे र पुष्प बहादुर बस्नेत सदस्य छन् ।
साधारणसभामा संस्थामा ऋण र बचतका विभिन्न बिधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाइ पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा उत्कृष्ट मासिक बचततर्फ देवीबहादुर थापा र मुना घिमिरे, दैनिक बचततर्फ भद्र बहादुर कटुवाल र गंगा घिमिरे, ऐच्छिक बचततर्फ गोपाल सिंह सापकोटा र नेत्र कुमारी मगर्नी र बाल वचततर्फ पराक्रम सापकोटा छन् । त्यसैगरी उत्कृष्ट मासिक किस्ता ऋणतर्फ कुलबहादुर खड्का र हर्कमाया मगर तथा दैनिक किस्ता बचततर्फ सुरज तामाङ र गीता कार्की पनि पुरस्कृत भएका छन् ।
साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालले भावी कार्ययोजना सहित अध्यक्षको प्रतिवेदन, सचिव चण्डी थापाले आर्थिक बर्ष २०७८/०७९ को कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता काप्रीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रोजन सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी ऐन २०७४ र केराबारी गाउँपालिका सहकारी ऐन बमोजिम खदम हिल साकोस २०७५ सालमा स्थापना भएको थियो । केराबारी गौपालिकामा नै पहिलोपटक दर्ता भएको  सहकारीमा ३ सय ५२ जना पुरुष र ३ सय ३८ महिला हाल. ६ सय ९२ जना शेयर सदस्य छन् । जुन दैनिक बचतकर्ताहरु सहितको बिवरण हो ।
दुई करोड ३४ लाख ९३ हजार ८ सय रुपैयाँ चुक्ता शेयर पुँजी रहेको संस्थाले आर्थिक बर्ष २०७८/०७९ सम्ममा ४ करोड ६५ लाख ४८ हजार ६ सय ३७ रुपैयाँ ७१ पैसा कारोबार गरेको छ ।