सहकारी संस्थाहरुका लागि सफ्टवर बिक्री वितरणको सम्झौता

  • १७ मंसिर २०७९, शनिबार

दोलखामा रहेका सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर उपलब्ध हुने भएको छ ।

विगत १० वर्षदेखि देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टम दिँदै आएको प्लानेट अर्थ सोलुसन र सजिलो कम्प्युटर सेन्टरसँग हालै सम्झौता भएपछि जिल्लामा सफ्टवेयर सुलभ हुने भएको हो ।

एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी बिज्ञ चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहाल बीच चरिकोटमा सम्झौता भएको हो । अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुनेछ ।

कम्पनीले सफ्टवेयर लिने सहकारीहरुलाइ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुविधाहरु उपलब्ध हुने आइटी विज्ञ अधिकारीले जानकारी दिए ।