एउटा स्वयंसेवकको नजरबाट मैले देखेको बिश्वकप

  • २७ पुष २०७९, बुधबार

सरोज बास्तोला
म निम्न परिवाको मान्छे,परिवारको आर्थिक अबस्था तेति सहज थिएन । त्यसैले वाल्यकाल दुखमै बित्यो । न धेरै पढ्न लेख्न सकियो, न त कुनै आर्थिक अबस्था उकास्ने खालको ब्यपार व्यबसाय नै गर्न सकिन्थ्यो , यिनै कारणले पनि होला, घर परिवारको गर्जो टार्न र अलिअलि प्रगती गर्ने ध्याउन्नमा कलिलो उमेरमा खाडितिर भासिएको केटो । अहिले त बिदेशिएको पनि बर्सौ बिति सकेछ । उमेरले ४० नाघिसक्यो, छोराछोरी हुर्किसके, तापनि म कतार तिरै छु । त्यति असन्तुष्ट पनि छैन मलाई खाडी मै भए पनि एक प्रतिष्ठित कम्पनीको कामदार भएर काम गर्न पाउदा खुशि नै छु,वैदेशिक रोजगारी र समाज सेवा समय मिले सम्म पत्रकारिता लाइ निरन्तरता दिदै अझै कति बिदेश बसिन्छ थाहा छैन ।

बिदेशिनुमा गर्व गर्न नै त नसकिएला तर बिकासको दुत गतिमा रहेको कतार बिश्व कै ध्यान खिच्न सफल जस्ले सडक अनि गगन चुम्बि महलहरु मात्र बनाएन ,उराठ लाग्दो मरुभूमि नै किन नहोस,आज आधुनिक श्रोत साधनको उपयोग गर्दै हरियाली अनि खेति योग्य जमिन बनाए र आत्मा निर्भर हुदै गरेको देख्दा कति पनि डाहा हैन बरु गर्वले मन पुलुकित हुन्छ, र झस्स सम्झन्छु मेरो देशले कतार झै बिकासको फडको कहिले मार्ने होला है, तेसै ले म भन्ने गर्छु मन खुम्च्याएर, कुण्ठा बोकेर वा भनौं आत्मग्लानी लिएर बसिएको छैन कतार ।


आर्थिक रुपमा म के कति सफल भए वा भइन, त्यो अलगै पाटो हुनसक्छ, तर कतारमा रहेर आफ्नो डिउटिको समय लाइ चुस्त राख्दै थोरै भए पनि सामाजिक कार्यमा सारिक हुने अबसर पाइ रहनु नै मेरो लागि आत्मा सन्तुस्टि बन्ने गरेको छ,नेपालमा मौलाएको राजनीतिक अस्थिरता, दण्डहीनता, अराजकता र कुशासन अनि बेरोजगारी आदि देखे भोगेको हिसाबले यति भन्न सकिन्छ कि कतारको बसाइ नेपालमा एक आम जनताको भन्दा सहज छ, कमाइ धेरथोर जे जस्तो भए पनि ।


सन २००६ दोहामा आयोजित १५ औं एशियन गेमबाट शुरु भएको मेरो भोलेन्टियर (स्वयंसेवक) यात्रा शृङ्खला लुसाइल सुपर कपमा पनि दोहोरिएको थियो । यसपाली कतारमै आयोजित फिफा वर्ल्ड कप २०२२ मा पनि स्वयंसेवकका रूपमा काम गर्ने अबसर मिल्यो ।

अल रायन स्थित ४४ हजार ६६७ सिट क्षमता भएको हिरा आकारमा बनेको आकर्षक एजुकेसन सिटी रगशाला मा ८ सिफ्ट बिताउदाको त्यो पल साच्चिकै स्मरणीय रहयो । हरेक सिफ्ट मा फरक टिम अनि टिमलिडर भएर फरक-फरक कामको अनुभव बटुल्न पाउँदा मन कम प्रफुल्लित छैन । कहिले रंगशालाको मुल गेटमै दर्शकहरु लाई स्वागत गर्दै त कहिले खेल मैदानमा खेलिरहेका खेलाडी र दर्शकहरुलाई नजिक बाट निहाल्दै कर्तव्य पुरा गर्दाको त्यो पल होस वा बिश्व भरिबाट खेल हेर्न आएका खेल प्रेमि दर्शक माझ रहेर बिश्वकप हेर्न पाउँदाको त्यो क्षण शब्दमा बयान गरी साध्य छैन ।

रंगशालामा आइपर्ने विभिन्न समस्याको हल गर्ने देखि टिकट, चेक जाँचमा सहयोगी भुमिका निभाउने भित्रको एक भएर काम गर्ने अबसर सजिलै र जो कोहीले नपाउँदो रहेछ जुन कतारले दिलायो। दर्शकहरूलाई सहजीकरण गर्दै संसारभरिबाट आएका दर्शकको नजिकको सहयोगी मान्छे बन्नु म बबुरोको लागि चानचुने कुरा हो जस्तो लाग्दैन ।
मैले बिश्वकपमा भोलिन्टियर हुने अबसर पाएकोमा खुशी प्रकट गर्दै अलि ढिलै भए पनि यो अनुभुति लेखिरहँदा जाबो स्वयंसेवक हुँदैमा कत्रो फुर्ति लगाएको भन्ने कसैलाई पर्नसक्छ तर खाडीमा मै किन नहोस अनुशासनमा रहि पसिना बगाउँदै आएको एउटा श्रमिक संसारकै ध्यान खिच्ने फिफा वर्ड कप खेलमा एउटा सेवक हुन पाउनु म जस्तो धेरै श्रमिकको लागि अबिस्मरणीय लागेर एउटा संचारकर्मी समेत हुनुको नाताले सबैसामु प्रकट गरेको मात्र हुँ । यो केवल मेरो निजी मामिला पनि त होइन, बिश्वकपमा सहभागी सयंसेवाहरुको तर्फबाट केही कुरा ओकलेको हो ।


फिफा विश्वकपमा भोलेण्टियरको आवेदन खुलेपछि विभिन्न चरण पार गर्दै मैले र हामीले जिम्मेवारी पाएका थियौं । विश्वका २०९ देशबाट चार लाख २० हजारले आवेदन दिएकोमा ५८ हजार जनाले अन्तर्वार्ता दिँदा २० हजार जनाको टिममा म पनि परेको हुनाले पनि मैले यसलाई सौभाग्यको रुपमा लिएको हुँ । यो अबसर मेरो मात्रै नभई हामी नेपालीहरुको लागि यो सुनौलो अबसर पनि थियो । त्यसैले त्यो अबसरको सक्दो सदुपयोग गर्दै भब्य र सब्य रुपले कतारमा फिफा वर्डकप सम्पन्न गराउन सक्दो सहयोग गरियो । फिफाको तर्फबाट हामी भोलेन्टीयर हरुलाइ यातायात ,पोशाक, खाजा, खाना साथै प्रमाणपत्र र सम्मान स्वरुप बहुमुल्य उपहारहरु मात्र हैन क्रम बद्द रूपमा फिफा वर्ड कपमा हेर्ने फ्री टिकट सम्म दिएर्कोमा हामी सबै खुशी भएका छौँ ।


दर्शकले केही बुझ्नु पर्ने भए जानकारी अनि सहयोग चाहिए स्वयंसेवक नै नजिक पाउँथे । गजबको कुरा त के लाग्यो भने खेल समय भरिको मात्र भए पनि दर्शक र हामि स्वयंसेवकको त्यो सम्बन्ध कति आत्मीयता छ भन्ने तेहि बाट प्रस्ट हुन्छ ,जस्ले जे जे भने पनि फिफा को स्वयंसेवक बन्न पाउनु मेरो लागि गौरवको कुरा हो । अर्को कुरा स्वयंसेवकको भूमिकामा रहँदा कुनै आर्थिक लाभ नहुने जान्दाजान्दै पनि म विश्वको मेगा इभेन्टमा प्रत्यक्ष सहभागी भएर कतार अनि फिफा लाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु ।

बिश्वकप लाइ सफल बनाउन, विभिन्न मुलुक सहित नेपालीहरु पनि फिफा वर्ड कपमा २ सय भन्दा माथि नै नेपाली स्वयंसेवकहरु थियौं । जस्मा सन्ध्या अर्याल, माया केसी, कबिता खत्री लगायत दर्जन नेपालि चेलीहरु नि स्वयंसेवकको भुमिकामा उत्साहित रहेको देखिन्थे ।


आदरणीय मित्र बिश्व भट्टराईले केहि साल पहिले देखि नै फिफा कै लागि नेपाली भोलेण्टियर ह्वाट्सएप ग्रुप बनाउनु भएको रहेछ । यो हाम्रो लागि निकै उपयोगि बन्यो । नजानेका कुराहरु एक अर्कोमा बुझ्न सहज बन्यो । जस्को माध्यम बाटै बिस्व जी अनि बिनेश तामाङ जी को अगुवाइमा हामी केहि भोलेण्टियर साथिहरु हाम्रा अभिभावक नेपालि दूतावासका राजदुतसँग दूतावासमा भेट गरी फिफामा नेपाली भोलेण्टियरको सहभागिता बारे जानकारी गराउने अबसर मिल्यो । त्यो भेटमा राजदूत ज्यु बाट नेपाल र नेपालीको शिर उच्च राख्दै अनुशासन, इमानदार का साथ वर्ल्ड कप सफल पार्नेमा नेपाल सरकार र नेपाली दूतावास परिवार ढुक्क रहेको भन्दै हामीलाई शुभकामना दिनु भएको थियो ।


अन्तमा स्वयंसेवकमा हौसला दिने मेरा परिवारजन, मित्रहरु सुबास गौतम, कुमार कार्की, राइ रमेश गाउले, कान्ति सिंह, हेमन्त लिम्बु, मोना थापा, सर भि भि अबु बकर बाबु, सर ओस्मान र मलाई बिश्वपप २०२२ को भोलेन्टीयर हुनका लागि हौसला सहित समय उपलब्ध गराउने मेरो रोजगारदाता कम्पनी इमाल्को र मेरो बिचारलाई थप पठनीय बनाइ हौसला दिनुहुने मित्र अम्बिका भण्डारी प्रति पनि आभारी र सदैब ऋणी छु ! सुक्रान कतार !