युरिया मल पाइएन ? अब चिन्ता लिनु पर्दैन, झोल युरिया आइसक्यो नि

  • ३० पुष २०७९, शनिबार

हरेक समयमा अभाव हुदै आएको दानेदार यरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया (झोल मल ) प्रति किसानहरुको आकर्षण बढ्दै गएको पाईएको छ । 

चौधरी समुह अन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको छ  । भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको नानो युरिया (झोल मल) वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ्य वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकारात्मक प्रभाव नपर्ने कम्पनीले बताएको छ । 

उक्त मलले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र लागत घटाउन सहयोग  हुने सिजी एग्रोका बजार म्यानेजर अशोक खड्काले जानकारी दिए ।  नानो युरिया  अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, लगायत अन्य सबै बाली तथा बोटबिरूवामा छर्कन सकिन्छ ।  

एक लिटर सफा पानीमा दुईदेखि चार मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ । यसलाई अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने कम्पनीले जनाएको छ  । यसको नाम ‘सिजी–इफ्को नानो युरिया’ राखिएको छ । पश्चिम नवलपरासीको सरावल गाउॅपालिकाका अध्यक्ष सुखाडी चौधरीले बजारमा युरिया दानेदार मलको अभाव भईरहेको अवस्थामा सस्तो दर र सहजै प्राप्त हुने नानो युरियाले किसानहरुलाई राहतको महशुस हुने बताए ।  

बिरुवाको वृद्धि हुने महत्वपूर्ण चरणहरूमा मल छर्किएपछि बिरुवाका कोषहरूद्वारा चाडै सोस्ने गर्दछ। नानो युरिया साना कोषबाट अवशोषित हुने हुँदा दानादार युरियाभन्दा निकै प्रभावकारी मानिन्छ ।  कम्पनीका अनुसार एक बोरा (५० किलो) परम्परागत युरिया ५ सय मिलिलिटर नानो युरिया बराबर हुन्छ । यसैगरी नवलपरासीमा आयोजीत कार्यक्रममा कृर्षि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चौधरीले न्यानो युरिया कृषककहरुका लागि  दानेदार युरियाको स्थानमा उपयुक्त बिकल्पको रुपमा स्थापीत हुने बताए । 

परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाएर बिरुवाको पातमा छर्कने गरिन्छ। झण्डै २–४ मिलिलिटर नानो युरियालाई एक लिटर पानीमा मिसाएर छर्नु पर्दछ।

नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र कृषिमा लागत घटाउन मल उपयुक्त हुने कम्पनीको दाबी छ । नानो प्रविधि प्रयोग गरेर तयार गरिएको यो मलले खाद्य र कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रालाई घटाउनेछ । यसले बिरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्नेछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातमा छर्किनुपर्छ ।

बाली लगाएको ३० देखि ३५ दिनभित्रमा पहिलोपटक छर्किने र दोस्रोपटक फूल फुल्नु एक हप्ताअघि छर्कनुपर्ने कम्पनीले जनाएको छ  । हरेक वर्ष बाली लगाउने बेला किसानले मलको चरम अभाव खेपिरहन बाध्य भएपछि ल्याइएको झोल मलले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने चौधरी समुह अन्तर्गतको सिजी एग्रोले जनाएको  छ  । 

एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नानो झोल मल हुन्छ । पाँच सय एमएल झोल युरिया मलको ३८० रुपियाँ पर्छ । जब की एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७ सय ५० रुपियाँ पर्छ ।

नेपाल सरकारले इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नानो युरिया झोल मल बिक्री वितरणका लागि अनुमति दिइसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल मल बिक्री वितरणका लागि अनुमति दिएको हो।