एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित

  • १४ श्रावण २०८०, आईतवार

गैर आवासीय नेपाली सँघ राष्ट्रिय समन्यव परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित भएका छन ।

प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए ।
त्यसैगरी  प्रथम उपाध्यक्षमा कष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब राज कार्की, तृतिय उपाध्यक्षमा सन्दिप कुमार भट्टराइ तथा महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्बाचित भएका छन ।
महा सचिबमा रबिन मगर, सचिबमा ओम बहादुर क्षत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा निर्बाचित भएका छन भने कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह कोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती सँयोजक कबिन्द्र कँडेल र लेखा समिती सदस्यमा बिकास लामा र गिरीराज दुवाडी निर्बाचित भएका छन ।
युवा उपाध्यक्ष सुबास बहादुर थापा, महिला सँयोजक शुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजकमा महेन्द्र सिह तमाङ यसअघि नै निर्बिरोध निर्बाचित भएका थिए ।
सदस्यहरुमा इनुस मेमिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेलबासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बि.क., टँक बहादुर बि.क., परमानन्द भट्ट, प्रेम बहादुर बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, मो.आजाद मँसुर, मो.कौसर रम्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँबर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक तथा श्याम प्रसाद पौडेल निर्बाचित भएका छन ।

६ पदको आइसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई निर्बाचित भएका छन ।