ललिगुराँस साकोसको २९ औँ साधारणसभा, ५६ जनाले गरे रक्तदान

  • ५ आश्विन २०८०, शुक्रबार

ललिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको २९ औँ साधारणसभा  सम्पन्न भएको छ ।

बेलबारी १ स्थित साँस्कृतिक भवनमा संस्थाले २९ औँ साधारणसभा गरेको हो । साधारणसभाको अवसरमा ललिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेप्सुनका पुर्व कोषध्यक्ष केशव प्रसाद पोख्रेललाई ललिगुराँस सहकारी अवाडले सम्मान गरेको छ ।

सो अबसरमा अघिल्लो आर्थिक बर्षका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता लगायतलाई पनि सम्मानित गरिएको थियो ।

ललिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि तथा  बेलबारी नगरप्रमुख दिल प्रसाद राई, जिल्ला सहकारी संघ लिमीटेड मोरङकी उपाध्यक्ष पार्वती बराल, जिल्ला बचत संघ मोरङकी उपाध्यक्ष सीता लामिछाने लगायत विशिष्ट अतिथि थिए । साधारणसभाको कार्यक्रममा  बेलबारी १ का वडाध्यक्ष मणी पुलामी मगर, बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ र बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी लगायत पनि उपस्थित थिए ।

साधारणसभाकै अबसरमा सहकारीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा भएको भएको रक्तदानमा ५६ जनाले रक्तदान गरेको संस्थाका ब्यबस्थापक केशव रुपाखेतीले जानकारी दिए । संस्थाले बर्षमा २ पटक रक्तदान आयोजना गर्दै आएको छ ।

३ हजार १ सय ९८ शेयर सदस्य रहेको यस संस्थाको ५ करोड ९२ हजार शेयरपुँजी, २८ करोड, ८१ लाख, २२ हजार ३ सय ३७ बचत, ३ करोड ७८ लाख ९६ हजार ९ सय ९८ कोष हिसाब र ३२ करोड ८ लाख ९ हजार ९ सय १२ रुपैयाँ ऋण लगानी रहेको छ ।