३० बर्ष पुरानो सामुदायिक साकोसको २१ औं साधारणसभा  

  • ३० आश्विन २०८०, मंगलवार

केराबारीको सबैभन्दा जेष्ठ संस्थाको रुपमा रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ।

बिक्रम संवत् २०५१ सालमा स्थापित संस्थाले डेढ दर्जन वढी सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्दै २१ औं साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्व एवं गाउँपालिका प्रमुख सुमन मगरको प्रमुख आतिथ्यतामा हिमचुली सामुदायिक वनको सभाहलमा भएको  साधारणसभामा उल्लेख्य शेयर सदस्यहरुको उपस्थिति थियो । २०५१ सालमा ५४ जना शेयर सदस्यहरुबाट सुरु भएको  सो संस्थामा हाल  ७ सय ६१ जना शेयर सदस्यसहित संस्थाको कूल पूँजी ४ करोड भन्दा वढी पुगेको छ । हाल संस्थामा शेयरपूँजी १ करोड ६ लाख ८९ हजार ९ सय, कोष हिसाव ५८ लाख ४४ हजार ४ सय ३३, रुपैयाँ, ऋण लगानी ३ करोड २८ लाख ४७ हजार ९ सय १० रुपैयाँ र निक्षेप २ करोड ३९ लाख ९७ हजार ४ सय ८२ रुपैयाँ रहेको छ ।

 संस्थाले विगत वर्षमा झै यसवर्ष पनि विभिन्न विधाबाट २० जनालाई सम्मान गरेको छ । बाल वचत तर्फ रियान चापाँगाई, अपेक्षा आले मगर, ज्वस्तना घतानी, प्रियन्स श्रेष्ठ, आइरा मगर लालबहादुर कार्की,मधुमाया परियार,रेणुका मगर,मनकुमारी राई सम्मानित भएका छन् । त्यसैगरी साधरण सभाको अवसरमा मनमाया बजगाई,हिमा गौतम नेपाल,विष्णुकुमारी नेपाल, सकुन्तला सिंह, हरिकला सूब्बा, रीता राईलाई एकल महिला सदस्यबाट सम्मान गरिएको छ।

संस्थाले ऋण सदस्यहरु मध्य समय समयमा सावा ब्याज भुक्तान गरी ऋण चुक्ता गर्ने हर्कमाया मगर, मलु लिम्बू, कुमारी विक,तुलसी माया मगर र निरा विश्वकर्मालाई असल ऋणीबाट सम्मान गरेको छ । सम्मानित सबैलाई प्रमाण पत्र र नगद सहित सम्मान गरिएको हो ।

यसैविच संस्थालाई एकिकरणमा जाने गरी म्याण्डेट दिएको छ । साधरण सभाले संस्था एकिकरणको प्रक्रियामा केराबारीका विभिन्न ५ ओटा संस्थाहरु यसै वर्षदेखि प्रक्रियामा गएको वताउदै आवश्यक कार्यवीधि समेत पारित गरेको छ । संस्थाले विगतको दुइ दशकको यात्रामा जेजति प्रगति गर्नुपर्ने त्यति गर्न नसके पनि पछिलो समय राम्रो फड्को मारेर निरासामा रहेको सदस्यहलाई आसा जगाएको छ ।

साधारणसभामा बोल्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले पछिलो समय संस्थाले गर्दै आएको प्रगति सन्तोष जनक रहेको भन्दै  सहकारी चाँडै  एकिकरण प्रक्रियामा गई संस्थागत क्षमता वढाउन सुझाव दिए ।

 त्यसैगरी गाउँपालिका निवर्तमान उपाध्यक्ष तथा खदम क्याम्पसकी अध्यक्ष शान्ति लिम्बू भूजेलले थोरै थोरै पूजी संकलन गरी संञ्चालन भएका सहकारीहरुलाई एकत्रित गरी सबै सहकारीको कोषलाई ठूलो भाँडामा राखेर आफूले चाहे जति आवश्यकता बमोजिम कारोबार गर्ने गरी मर्जरमा जान सबैले सहयोग गर्नुपर्ने वताइन् ।

कार्यक्रममा सहकारी समन्वय समिति केराबारीका संयोजक डिल्लीराम शर्माले लघुवित्त संस्थाहरुको ठगिबाट वच्न र आर्थिक विकास र सामाजिक विकास गर्न स्थानीय सहकारीहरुलाई नै विश्वास गरी कारोबार गर्नुपर्ने वताए ।

कार्यक्रममा सल्लाहकार सदस्य गोकुल बहादुर थापा, व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाही,गाउँ कार्यापालिका सदस्य गंगा लिम्बू, केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भूजेल, खदम हिल साकोसका सचिव अम्बिका भण्डारी, लक्षित समृद्धि बहुउद्देयीय सहकारी संस्थाका अध्यक्ष महाप्रसाद लुइटेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाकी सचिव इन्दिरा बरालले संञ्चालन गरेकी थिइन् ।