शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम

  • २६ मंसिर २०८०, मंगलवार

गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ र सम्भावित जोखिम बारे समेत जानकारी दिइएको गुरुकुल पाठशालाका प्रिन्सिपल कुमार खुलालले बताए ।
गुरुकुल पाठशालालले गत बर्ष पनि शेयर खाताबारे करिब २ सय अभिभावकका लागि  २ दिने तालिम दिएको थियो ।  कक्षा ८, ९, १० का विद्यार्थीहरुलाई गुरुकुलले हरेक बर्ष शेयर शिक्षा प्रदान गर्ने गरेको प्रिन्सिपल खुलालले बताए ।
विद्यालयका प्रिन्सिपल कुमार खुलालले मंसिर २७ बाट खुल्न लागेको हिमालयन रि-इन्से्योरेन्सको शेयर खुल्ने भएकोले त्यसलाई समेत मध्यनजर गर्दै तालिम आयोजना गरिएको बताए ।