धनकुटामा सास्कृतिक उत्सव अन्तरगत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

  • १६ जेष्ठ २०८१, बुधबार

धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सव अन्तरगत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
धनकुटा जिल्लाका १० वटा विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा श्री निजामती आवाशिय विद्यालय धनकुटा प्रथम, तमोर भ्याली बोडिङ स्कुल धनकुटा दोस्रो ,श्री बाल संंसार बोडिङ स्कुल तेस्रो र दिप इंगलिस बोडिङ स्कुल धनकुटा र मनकामना बोडिङ स्कुल हिले धनकुटा सान्त्वना भएका छन ।
विजयी विद्यालय तथा सहभागी तथा बिजेता विद्यालयहरुलाई सास्कृतिक उत्सव तथा फुड फेस्टिवलको समापन कार्यक्रम जेष्ठ १७ गते सवै प्रतियोगिताहरुको पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका महासचिव अम्विका धमलाले बताइन् ।