राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोशी प्रदेश तदर्थ समिति गठन

  • २ असार २०८१, शनिबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेशस्तरीय भेलाले कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ ।
इटहरीमा बिहीबार भएको भेलाले रोम घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोक गायिका रिता थापा मगर, वरिष्ठ उपाध्यक्ष गायक पशुपति शर्मा, प्रशासनिक उपाध्यक्ष दिपक खड्का, सांगठनिक उपाध्यक्ष सुबास केसी, महासचिव शिव हमाल, सांगठनिक उप- महासचिव शिरीष देवकोटा, सांगठनिक सचिव पिएन सापकोटा, सह- कोषाध्यक्ष जुना श्रीस मगर लगायतको उपस्थितिमा भएको कार्यक्रममा कोशी प्रदेशको सबैजसो जिल्लाको प्रतिनिधित्व थियो । भेलामा साठी जनाभन्दा बढीको सहभागिता थियो ।
भेलाले खोटाङका राम कुमार राई लाई सह-संयोजक र धनकुटेली गायिका टीका बस्नेतलाई आर्थिक संयोजक मा चयन गरेको छ । त्यसैगरी सुनसरीका सुशील भट्टराईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै भेलाबाट गठित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोशी प्रदेश समिति सदस्यहरुमा कमलीकान्त भेट्वाल, मेखराज कार्की, रुद्र श्रेष्ठ, मिलन दुलाल, दिपेश वन, मिरा गिरी, रत्नप्रसाद आचार्य, तोया भट्टराई, उत्सव बराल, सकुन्तला कार्की, निश्चल आचार्य, भोलामान गुरुङ र रविकुमार मादेन चयन भएका छन् ।
तदर्थ समितिलाई तीन महिनाभित्र १४ वटै जिल्ला समिति गठन गरी प्रदेश साधारणसभा गर्ने कार्यादेश दिइएको प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।