धनकुटामा गठन भो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको तदर्थ समिति

  • १४ श्रावण २०८१, सोमबार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाे धनकुटा जिल्ला भेलाले नारायण बिकको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

धनकुटाको महालक्ष्मी गाउँपालिकास्थित सिँधुवामा भएको जिल्ला भेलाले सर्वसम्मत तदर्थ समिति गठन गरेको हो । सिधुवास्थित नुनथला भिलेज एन्ड रिसोर्ट कोसभाहलमा भएको भेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता र प्रतिष्ठानकै प्रशासनिक उपाध्यक्ष गायक दिपक खड्का र सह-काेषाध्यक्ष गायिका जुना श्रीस मगरकाे विशेष आतिथ्यता एवम् केन्द्रिय सदस्य रमेश आचार्यको आतिथ्यता थियो ।

प्रतिष्ठानको कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको भेलाबाट गठन भएको जिल्ला तदर्थ समितिमा खगेन्द्र तामाङ सह-संयोजक, चन्द्र बहादुर थापा सचिब र तुलसा मादेन आर्थिक संयोजकमा चयन हुनुभएको छ । त्यसैगरी जिल्ला सदस्यहरुमा गौरबनारायण राइ, दीपक गुरुङ ,दीपक काफ्ले, सन्ध्या लिम्बु र कोपिला ओझा चयन हुनुभएको छ ।

प्रतिष्ठानका काेसी प्रदेश संयाेजक राेम घिमिरेको अध्यक्षतामा भएको भेलाको कार्यक्रमना  प्रदेश समितिकी आर्थिक संयाेजक टीका बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला भेलाकै कार्यक्रममा स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम समेत गरिएको थियाे । सांगितिक कार्यक्रममा गायिकाहरु रिता थापा, जुना श्रीस मगर, गायक दिपक खड्का लगायत पुर्वेली गायक गायिकाहरुले पनि सांगीतिक प्रस्तुतिहरु पस्केका थिए ।