झापा र सुनसरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला तदर्थ समिति गठन

  • २२ श्रावण २०८१, मंगलवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको झापा र सुनसरी जिल्ला तदर्थ समिति गठन भएका छन् । झापा र सुनसरीका छुट्टाछुट्टै भेलाले तदर्थ समिति गठन भएका हुन् ।

झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा सोमबार भएको भेलाले टंक ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । भेलामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यता थियो ।
प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको भेलाबाट गठित भेलाबाट गठित तदर्थ समितिमा राजु गिरी सह-संयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेम्वाङ आर्थिक संयोजक छन्। त्यसैगरी सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी, निरज पोखरेल अपेक्षा तामाङ ,भीमप्रसाद न्यौपाने, ओम कडेल अम्बिकाप्रसाद फुयाल, सन्तोष आले मगर, रोहित नेपाल र ज्ञान सुब्बा चयन भएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका प्रशासकीय उपाध्यक्ष गायक दीपक खड्का, सह-कोषाध्यक्ष गायिका जुनाश्रीस मगर केन्द्रीय उपाध्यक्ष कृष्ण रेउलेको विशेष आतिथ्यता तथा केन्द्रीय सदस्य रमेश आचार्य र रोयल्टी संकलन समाज प्रदेश एक संयोजक गौरीमान राईको आतिथ्यता थियो।
प्रतिष्ठानको सुनसरी जिल्ला तदर्थ समिति गठन
त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सुनसरी जिल्ला भेलाले अम्बिका सम्बाहाम्फेको संयोजत्वमा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
साउन १९ गते शनिबार इटहरीस्थित संगित साधनाको हलमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको भेलामा प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता थियो ।
तदर्थ समितिमा अम्बिका दवाडी सह- संयोजक, युवेन्द्र शाक्य सदस्य सचिव, अन्जु गौतम आर्थिक संयोजक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तिम्सिना र विद्या थिमिरे कार्की छन् । बाँकी सदस्यहरु पछि थप गरिने प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्यले बताए ।
प्रतिष्ठानको कोशी प्रदेश तदर्थ समितिको आयोजना र प्रदेश संयोजक रोम घिमिरेको अध्यक्षतामा भएको भेला कलाकारहरुले मनोरञ्जनात्मक गीत पनि प्रस्तुत गरेका थिए ।